न्यूजिल्यान्डमा इच्छा मृत्यु रोज्न पाउने कानुन लागू, निको नहुने रोगीलाई राहत

  ।   २०७८ कार्तिक २१, आईतवार १३:०३

संवाददाता ।

न्यूजिल्यान्डमा आज नोभेम्बर ७ तारिखदेखि इच्छा मृत्यु रोज्न पाउने कानुन लागू भएको छ । अक्टोबरमा भएको जनमत संग्रहमा दुइ तिहाइ बहुमत (६५.१) प्रतिशतले उक्त कानुन पास भएको स्टफ न्यूजले भिडियो सार्वजनिक गरेको छ ।

त्यहाँको स्वास्थ्य मन्त्रालयले कडा मापदण्ड बनाउँदै इच्छा मृत्युको सेवालाई वैधानिकता दिएको हो ।

कुनै व्यक्तिलाई निको नहुने दीर्घ रोग लागेको छ र छ महिनाभन्दा बढी बचाउन नसकिने अवस्था भए इच्छा मृत्युको विकल्प रोज्न पाउने छन ।

छ महिनादेखि शारीरिक रूपमा कमजोर हुँदै गएका विरामीले यस सेवा लिन पाउनेछन् । विदेशी देशहरूको अनुभवमा स्वास्थ्य मन्त्रालयका अनुसार प्रत्येक वर्ष ९५० जनाले उक्त सेवाको लागि फाराम भरे पनि ३५० जनाले मात्र सो सेवा लिनेछन् ।

यो प्रक्रियाका लागि कम्तीमा पनि दुई जना चिकित्सकको सिफारिस अनिवार्य गरिएको छ । इच्छा मृत्युलाई कानुनी बनाएपछि निको नहुने रोग लागेकाहरूलाई राहत मिल्ने अपेक्षा गरिएको छ ।

न्यूजिल्यान्डका ६१ वर्षीय स्टुअर्ट आर्मस्टंग केही समयदेखि प्रोस्टेट क्यान्सरपीडित हुनुहुन्छ । उहाँको यो क्यान्सर फैलिएर ढाडँसम्म पुगेको छ र यो कहिले पनि निको हुँदैन ।

उहाँ अहिले नै स्वच्छिक रूपमा इच्छा मृत्यु रोज्न पाउने छैनन् तर जब सबै प्रकृया पूरा हुन्छ, त्यो बेला उहाँले धेरै राहत महसुस गर्नुहुनेछ ।

इच्छा मृत्यु पाउनु पर्ने अभिन्यता स्टुअर्ट आर्मस्टंगले यो कानुन पास भएर लागू भएकाले खुशी भएको बताउनुभएको छ । स्विट्जरल्यान्ड, नेदरल्यान्ड, स्पेन, बेल्जियम, लग्जेम्बर्ग, क्यानडा, अष्ट्रेलिया र कोलम्बियामा इच्छा मृत्यु गर्न पाउने कानुन छ।

कुनै न कुनै रूपमा इच्छा मृत्युको मान्यता अमेरिका, भारत, बेलायत, जर्मनी, पोर्चुगल, दक्षिण कोरिया, स्वीडेन, फिनल्याण्ड, अर्जेन्टिना, चिली, इटाली, फ्रान्सलगायतले दिएको छ । उपेश महर्जन

एजेन्सीको सहयोगमा

Next Post

बाँके प्रहरीको सक्रियता, तस्करीका सामान बरामत

२०७८ कार्तिक २१, आईतवार १३:०३
संवाददाता, नेपालगंज । भन्सार छली ल्याउदै गरेको १ लाख ८४ हजार रुपैंया बराबरको सामान बरामद गरी भन्सार कार्यालय नेपालगंज पठाईएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको विवरण अनुसार नेपालगंज १० बाट बरामत गरिएका सामानहरुमा लत्ता कपडा, सुर्ती, सुपारी रहेका छन । यि सबै सामानहरु कार्तिक १९ गते समातिएका हुन […]