म्यानमारमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्कन बेलायतकाे आग्रह

  ।   २०७७ चैत्र १६, सोमबार ०७:०४
unn.prixa.net

काठमाण्डाै | बेलायतले म्यानमारमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्कन आग्रह गरेको छ ।

म्यानमारमा सेनाको ज्यादती बढ्दै गएको भन्दै बेलायतले आफ्ना नागरिकलाई फर्किन आग्रह  गरेको हो ।

म्यानमारमा प्रदर्शनकारीमाथि भइरहेको ज्यादतीको बेलायत, अमेरिका, जापान, अस्ट्रेलिया लगायत विभिन्न १२ देशले भत्सर्ना गरेका छन्।

म्यानमारमा अस्ति एकैदिन सेनाको गोली लागेर बालबालिकासहित एक सयभन्दा धेरैको ज्यान गएको थियो । हिंसा लगातार बढ्दै गएपछि अन्तर्राष्ट्रिय समुदायले घटनाको भत्सर्ना गर्दै आएका छन् ।

अमेरिकाले म्यानमारको सुरक्षाबललाई ‘आतंकको शासनकाल’ भनेको छ  । गएको फेब्रुअरी १ तारिखमा प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलगायत नेतालाई हिरासतमा लिँदै सेनाले सत्ता हातमा लिएदेखि नै अमेरिकाले यसको विरोध गर्दै आएको छ ।

हिंसामा एक सयभन्दा धेरैको ज्यान गएपछि म्यानमारका सैन्य प्रमुख मिन आङ लाइङ र उहाँका जनरलहरूले रातमा भव्य भोज गरेको बीबीसीले जनाएको छ । म्यानमारमा सेनाले सत्ता हातमा लिएपछि अहिलेसम्म ४ सयभन्दा धेरै प्रदर्शनकारी मारिएका छन् ।

Ujyaalo Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

त्रिदेशीय कप फुटबल अन्तर्गत आज फाइनल खेल हुँदै

२०७७ चैत्र १६, सोमबार ०७:०४
काठमाण्डाै | त्रिदेशीय कप फुटबल अन्तर्गत आज फाइनल खेल हुँदैछ । दशरथ रङ्गशालामा हुने फाइनल खेलमा नेपालले बङ्गलादेशसँग बेलुका साढे ५ बजे खेल्नेछ । प्रतियोगितामा नेपाल दोस्रो स्थानमा रहँदै फाइनल पुगेको हो । बङ्गलादेश भने शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो । आजको खेलमा गोल गर्दै उपाधि आफ्नो पोल्टामा पार्ने […]