कोरोना भाइरस नेपालः आठ सय ८४ कोरोनाभाइरस संक्रमण पुष्टि

  ।   २०७७ भाद्र १३, शनिबार १६:५६

काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर थप ८८४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २४२ महिला र ६४२ पुरुष गरी जम्मा ८८४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । यससँगै कोरोना संक्रमितको कुल संख्या ३७ हजार ३४० पुगेको छ ।

हालसम्म कोरोना निको हुनेको कुल संख्या २० हजार ५५५ रहेको छ भने पछिल्लो २४ घण्टामा ३१३ जना निको भएका छन् । यस्तै देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ५७८ रहेका छ । जसमा होम आइसोलेसनमा ६ हजार ४४५ जना र संस्थागत आइसोलेसनमा १० हजार १४५ जना रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा पीसीआर ११ हजार ५१६ जनाको भएको छ भने क्वारेन्टिनमा हाल देशभर ८ हजार ३५ जना रहेका छन् ।

यसैबीच नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या २०० नाघेको छ । शनिबार कोरोनाबाट थप १२ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या २०७ पुगेको गौतमले जानकारी दिनुभयो ।

मृतकमा ३ महिला र ९ पुरुष रहेका छन् । पाल्पा, काठमाडौं र भक्तपुरका १–१ गरी ३ महिलाको मृत्यु भएको गौतमले बताउनुभयो । यस्तै पर्सा र ललितपुरका २–२ तथा सिरहा, गोरखा, कास्की, काठमाडौं र भक्तपुरका १–१ जना ८ जना पुरुषको मृत्यु भएको उहाँले बताउनुभयो ।

Next Post

एकै दिन चितवनका सय भन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि

२०७७ भाद्र १३, शनिबार १६:५६
चितवन । शनिबार एकै दिन चितवनका १ सय भन्दा बढीमा कोरोना पुष्टि भएको छ। भरतपुरस्थित कोभिड १९ प्रयोगशालामा शनिबार राति गरिएको परीक्षणमा चितवनका २९ जनामा संक्रमण पुष्टि भएपछि त्यहाँ एकैदिन सय भन्दा बढीको संख्यामा संक्रमित फेला परेका हुन्। शनिबारै दिउँसो चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा ६१ जना र धुलिखेलस्थित प्रयोगशालामा […]