एकै दिन चितवनका सय भन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि

  ।   २०७७ भाद्र १४, आईतवार ०७:५४

चितवन । शनिबार एकै दिन चितवनका १ सय भन्दा बढीमा कोरोना पुष्टि भएको छ।

भरतपुरस्थित कोभिड १९ प्रयोगशालामा शनिबार राति गरिएको परीक्षणमा चितवनका २९ जनामा संक्रमण पुष्टि भएपछि त्यहाँ एकैदिन सय भन्दा बढीको संख्यामा संक्रमित फेला परेका हुन्।

शनिबारै दिउँसो चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा ६१ जना र धुलिखेलस्थित प्रयोगशालामा गरिएको परीक्षणमा १२ जनामा कोरोना पोजेटिभ देखिएको थियो।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा शनिबार राति गरिएको परीक्षणमा ४३ जनामा कोरोना पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा।नितु अधिकारीले जानकारी दिइन्।

भरतपुर महानगरपालिकाका २७ र खैरहनी नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको छ।

उनीहरू २१ देखि ८० वर्षसम्मका छन्।

भरतपुरका संक्रमितहरू भरतपुर अस्पतालको स्वाब संकलन केन्द्र, भरतपुर क्यान्सर अस्पताल, पुरानो मेडिकल कलेज र क्वारेन्टिनबाट स्वाब लिइएकाहरू हुन्। खैरहनीका दुईजना होम क्वारेन्टिनमा छन्।

त्यसैगरी, अन्य जिल्ला घर भएर चितवनका विभिन्न अस्पतालहरुमा उपचार गराइरहेका १३ जनामा संक्रमण देखिएको छ।

उनीहरू तनहुँ, झापा, नवलपुर, सर्लाही, दाङ, धनुषा, पाँचथर, सप्तरी, कास्की, सुर्खेत, वागलुङ र झापाका हुन्।

तनहुँको देवघाटस्थित क्वारेन्टिनमा रहेका एक जनामा पनि कोरोना पोजेटिभ देखिएको प्रयोगशालाले जनाएको छ।

चितवनमा अहिलेसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ६०० नाघेको छ।

यहाँ उपचाररत् ११ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ। उनीहरूमध्ये ४ जना चितवनका हुन्।

Next Post

उपप्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्यमन्त्री र प्रधानसेनापतिको परीक्षण नतिजा नेगेटिभ

२०७७ भाद्र १४, आईतवार ०७:५४
काठमाडौं । उपप्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री र प्रधानसेनापतिसहितका पदाधिकारीको कोभिड–१९ को पछिल्लो पिसीआर परीक्षणको नतिजा नेगेटिभ आएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसीएमसी) को गत आइतबार बसेको बैठकमा सहभागी पदाधिकारीलाई चिया र पानी उपलब्ध गराउने व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि उहाँहरुको पिसीआर परीक्षण गरिएको थियो । उपप्रधानमन्त्री ईश्वर […]