व्यावसायिक सीप तथा लघु उद्यमशीलता बिकास सम्बन्धि पाँच दिने तालिम सम्पन्न

  ।   २०८० चैत्र ३, शनिबार २१:१५

नेपालगन्ज, । बाँके युनेस्को क्लबद्धारा बर्दियाको ठाकुरद्वारामा आयोजित व्यावसायिक सीप तथा लघु उद्यमशीलता बिकास सम्बन्धि पाँच दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा क्लबले सञ्चालन गरेको हरित अर्थतन्त्र परियोजनाअन्तर्गत सो तालिम आयोजना गरिएको थियो ।

ठाकुरबाबा र राजापुर नगरपालिकाका ३० जनाको सहभागिता रहेको सो तालिममा हरित व्यापार र वर्मी कम्पोस्ट बनाउने, अर्गानिक तरकारी खेती र हस्तकला बनाउने जस्ता लघुउद्यम सम्बन्धी महत्वपूर्ण ज्ञान सहभागिहरुलाई प्रदान गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । सो तालिमको मुख्य उद्देश्य १८ देखि २४ वर्ष उमेर समूहका युवा युवतीहरूको सशक्तीकरण र रोजगारी सिर्जना गर्न बढ्दो ग्लोबल वार्मिंग, वातावरण प्रदूषण र प्रतिकूल प्रभाव जस्ता वातावरण संरक्षणमा हरित व्यापार र लघु उद्यमहरू मार्फत योगदान पु¥याउनु रहेको क्लबले जनाएको छ । सो तालिमका प्रशिक्षक राजबहादुर चौधरीले पाँच दिनसम्म सहभागिहरुलाई उद्यम विकास, आय आर्जन र स्वरोजगार, आत्म–विश्लेषण र आत्मविश्वास, जोखिम लिने क्षमता अभिवृद्धि र यसको न्यूनीकरणका उपायहरू, सफल उद्यमीको विशेषता, सिर्जनशीलता, बजार व्यवस्थापन र बजारीकरण, व्यवसाय योजना तर्जुमा र व्यावसायिक योजनाको परिचय, व्यवसाय स्थापनाका लागि उपयुक्त स्थान, लक्षित बजार क्षेत्र, उत्पादन प्रक्रिया र अत्यावश्यक कच्चा पदार्थ र श्रम लागत सहितको लागतका बारेमा विस्तृत जानकारी गराउनु भएको थियो ।

बाँके युनेस्को क्लबका प्रमुख संरक्षक परवेज अली सिद्दिकी, अध्यक्ष रविकुमार तुलाधर, वरिष्ठ उपाध्यक्ष पञ्चम गुरुङ र कार्यकारी निर्देशक साजिद अली सिद्दिकीको उपस्थितिमा आयोजना गरिएको तालिमको समापन कार्यक्रमा प्रशिक्षार्थीहरूलाई तालिम पूरा भएको प्रमाणपत्र वितरण गरिएको थियो । सो अवसरमा बोल्दै उहाँहरुले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागु गरेर जिवनयापनमा सहजता ल्याउन अनुरोध गर्नुभयो ।

तलिममा सहभागि हुनु भएकी प्रशिक्षार्थि ताल कुमारी थारुले प्रशिक्षार्थिहरुको तर्फबाट बोल्दै यो प्रशिक्षणले गर्दा आत्मविश्वासमा अत्यधिक बृद्धि भएको जनाउँदै स्वरोजगार सृजनाले थप आत्मनिर्भर र आर्थिक रूपमा समाजमा सम्मानजनक जीवनयापन गर्न सक्षम बन्ने प्रतिक्रिया दिनुभयो । सो तालिमलाई प्रभावकारी रुपमा सम्पन्न गर्न आयोजना अधिकृत राधेकृष्ण थारु, फिल्ड पर्यवेक्षक सञ्जिता रिसाल र कञ्चन दहितले सहयोग गर्नु भएको थियो ।

Next Post

सरकारको गतिमा परिवर्तन ल्याउन नयाँ समिकरण बनाएका हौँ : प्रधानमन्त्री

२०८० चैत्र ३, शनिबार २१:१५
पोखरा   । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबीच सहकार्यका निम्ति नयाँ समिकरण बनाइएको बताउनुभएको छ। आइतबार बिहान पोखरामा पार्टीका अगुवा नेता-कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो। प्रधानमन्त्रीले भन्नुभयो, “कांग्रेसबाट पटकपटक धोका भयो। कांग्रेसबाट हामीलाई भोट […]