प्रतिनिधि सभाको बैठक आज

  ।   २०७८ श्रावण ३, आईतवार ०७:१६


काठमाण्डौ | सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना भएपछि सङ्घीय संसदको अधिवेशन आज सुरु हुँदैछ । बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ ।

बैठकको सबै तयारी पूरा भएको संसद सचिवालयले जनाएको छ । आजको लागि संसद अधिवेशन आह्वानबारे राष्ट्रपति कार्यालयको पत्र, सरकार गठन र मन्त्रिपरिषद् विस्तारबारेको पत्र र केही शोक प्रस्ताव पारित गर्ने कार्यसूची तय भएको छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठकले अरु कार्यसूची तय गर्ने सचिवालयले जनाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको चालु अधिवेशनमै ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । तर मिति भने तय भइसकेको छैन । यस्तै अघिल्लो सरकारले ल्याएका १६ वटा विधेयकलाई प्रक्रियामा लैजाने तयारी पनि भएको छ ।

Next Post

संघीय संसदका दुवै सदनको अधिवेशन आज

२०७८ श्रावण ३, आईतवार ०७:१६
काठमाडौं । सर्वोच्च अदालतको आदेशानुसार सङ्घीय संसदको अधिवेशन आजदेखि सुरु हुँदैछ । सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संसद् भवनमा आइतबार अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गर्नुभएको हो । सभामुख अग्निप्रसाद सापकोटाले पुनःस्थापित संसद् धेरै हिसाबले ऐतिहासिक, बहुआयामिक र दूरगामी महत्वको रहेकाले दलहरुबीच एकता अपरिहार्य रहेको बताएका छन् […]