समावेशी प्यानलका संरक्षक स्वर्गीय दामोदरलाई स्मरण गर्दै धामीको नेतृत्वमा समावेशी प्यानलको उम्मेदवारी घोषणा

  ।   २०८० श्रावण १९, शुक्रबार ००:०३


सबिता चन्द
नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी निर्वाचनलाई लक्षित गरि समावेशी उद्योगी व्यवसायीको तर्फबाट टंकबाहादुर धामीको नेतृत्वमा उम्मेदवारी घोषणा गरेको छ । बिहीबार सिद्धार्थ कटेजमा भएको व्यवसायीहरुको भेलामा समावेशी प्यानलका संरक्षक स्वर्गीय दामोदर आचार्यलाई स्मरण गर्दै समावेशी प्यानलले आफ्नो उम्मेदवारी घोषणा गरेको हो ।

आगामी भदौ २ गते हुन गइरहेको संघको चुनावी मैदानमा समावेशी प्यानलले आफ्ना उम्मेदवारहरुको डकुमेन्ट्री सहितको परिचय दिदै पद अनुसार उम्मेदवारी घोषणा गरेको छ । सो प्यानलले उपाध्यक्ष पदमा चिरञ्जीवी वली (उद्योग ), हरिलाल न्यौपाने (वाणिज्य ) र मन्दिरा पाण्डे (महिला) उपाध्यक्षका उम्मेदवारका रुपमा घोषणा गरेको छ त्यसैगरी संघको महासचिवका लागि भीम बहादुर रानाभाट, उप-महासचिव पदका लागि मदनराज शर्मा र कोषाध्यक्ष पदमा सलाउद्दिन जसगढको नाम घोषणा गरिएको छ ।

त्यसैगरी संघको सदस्यहरु क्रमश इन्दिरा कुमारी शाही, तोप बहादुर थापा, बिष्णु श्रेष्ठ, बुद्धि बहादुर दियाली, सुदन के.सी., शिवराज वर्मा, धर्मेन्द्र सिंह ठटेर, जमालुदिन अन्सारी, टीकामणि उपाध्याय, डम्बर चन्दको नाम घोषणा गरिएको हो ।

यस्तै एशोसियट सदस्यमा कमल कार्की, राजीव तलङ्गा, बस्तुगत तर्फ फणाधर भण्डारी, रंगबहादुर खड्कालाई सो समुहले चुनावी मैदानमा उतारेको छ । समावेशी प्यानलका संयोजक इश्वर पोखरेलको अध्यक्षतामा आयोजित घोषणा सभामा विभिन्न उद्धमी व्यवसायीका अगुवाहरुले आ-आफ्ना मन्तव्य राख्नु भएको थियो । सभालाई सम्बोधन गर्ने अधिकांश अगुवाहरुले कि सबैलाई जिताउनु होस् नभए सबैलाई हाराउनु होस् भन्दै मन्तव्य राखिएको थियो ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाइज मन्सुरी, निर्वतमान अध्यक्ष नन्दलाल बैश्य , पुर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ , पार्टीका नेताहरु, जनप्रतिनिधी, उद्योगी, व्यवसायी, पत्रकार, शुभेच्छुक लगायतको बाक्लो उपस्थिति रहेको थियोे ।

Next Post

युवा मानव अधिकार रक्षक लक्षित समष्टिगत सुरक्षा तालिम

२०८० श्रावण १९, शुक्रबार ००:०३
प्रेम विश्वकर्मा, वुटवल । लुम्विनी प्रदेशका युवा मानव अधिकार रक्षक लक्षित समिष्टगत सुरक्षा तालिम सम्पन्न भएको छ । १२ साउन (शुक्रबार) देखी रुपन्देहीको वुटवलमा शुरु भएको तालिम १६ साउन (मंगलबार) सम्पन्न भएको हो । महिला पुर्नस्थापना केन्द्र (ओरेक नेपाल) तथा मानव अधिकार र विकासका लागि एसियाली मञ्च (फोरम–एसिया) ले संयुक्त रूपमा […]

सम्बन्धित शीर्षक