युवा मानव अधिकार रक्षक लक्षित समष्टिगत सुरक्षा तालिम

  ।   २०८० श्रावण १९, शुक्रबार १५:१६

  • प्रेम विश्वकर्मा, वुटवल ।

लुम्विनी प्रदेशका युवा मानव अधिकार रक्षक लक्षित समिष्टगत सुरक्षा तालिम सम्पन्न भएको छ । १२ साउन (शुक्रबार) देखी रुपन्देहीको वुटवलमा शुरु भएको तालिम १६ साउन (मंगलबार) सम्पन्न भएको हो ।

महिला पुर्नस्थापना केन्द्र (ओरेक नेपाल) तथा मानव अधिकार र विकासका लागि एसियाली मञ्च (फोरम–एसिया) ले संयुक्त रूपमा आयोजना गरेको तालिममा लुम्विनी प्रदेशका १२ वटै जिल्लाका २७ जना युवा मानव अधिकार रक्षकहरुको सहभागीता रहेको थियो ।

तालिमको प्रशिक्षण विगत ३२ बर्षदेखी मानव अधिकारका सवालमा क्रियाशिल संस्था ओरेक नेपालका कार्यकारी निर्देशक सुनिता मैनाली, एसिया फोरमका निरज लामा, ओरेक नेपालका अध्यक्ष तथा एसिया फोरमका बोर्ड सदस्य डाक्टर रेणु अधिकारी, राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव सम्झना शर्मा, यातना पीडितको अधिकारका क्षेत्रमा क्रियाशिल विज्ञ जमुना श्रेष्ठ, आइटी विज्ञ अनुज केसी, ओरेक नेपालका तालिम संयोजक विकास बन्जाराले प्रशिक्षण दिनुभएको थियो ।

तालिमको अन्तिम दिन युवा मानव अधिकार रक्षकलाई प्रमाण पत्र वितरण गर्दै महिला अधिकारकर्मी (लैङ्गिकता प्रशिक्षक) इन्द्रिरा अर्यालले सहभागीलाई तालिम लिन पाउनु ठुलो मौका र अवसर भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘२०५५ सालमा मैले पनि ओरेक नेपालबाट महिनावारी सोच परिवर्तन गर्न तालिम लिएको थिए । मैले ओरेक नेपाललाई बाटो देखाउने संस्थाको रुपमा लिन्छु । राम्रो कामका लागि चोर्न र डाँट्न पछि पर्नुहुन्न । अभ्यासमा ल्याउनुहोस ।’

यस्तै आइटी विज्ञ, प्रशिक्षक अनुज केसीले भन्नुभयो, ‘प्राविधिक कुरा दैनिक परिवर्तन हुन्छ, त्यसैले अपडेट हुर्दै जानुपर्छ, जति सिके पनि पुग्र्दैन । डि सेक्युर, डिजिटल इन्भारमेन्टमा डि सेभ ।’

तालिम संयोजक विकास बन्जाराले विशेष गरी समिष्टगत सुरक्षा तालिम युवा मानव अधिकार रक्षकहरुको सुरक्षाकै लागि सञ्चालन गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘रगतको नाता भन्दा भावनात्मक रुपमा गाँसिएको सम्बन्ध बलियो हुुन्छ । २५० जना भन्दा बढी मध्येबाट समावेशी रुपमा छानिएका युवा मानव अधिकार रक्षकहरु बीच सिकाई आदानप्रदान भएको छ । हामीले जिम्मेवारीको झोला प्राप्त गरेका छौं । हाम्रो भेट नटुटोस । एउटा सञ्जालमा जोडिएका छौं ।’

उहाँका अनुसार अब मधेस प्रदेशमा पनि मधेस प्रदेशका युवा मानव अधिकार रक्षकका लागि समष्टिगत सुरक्षा तालिम सञ्चालन गरिनेछ । यसले युवा मानव अधिकार रक्षकहरुको क्षमता अभिवृद्धि र आपसी सम्बन्ध विस्तारका लागि सहयोग गर्ने अपेक्षा गरिएको छ ।

Next Post

शिक्षा प्रणालीमा विविधताको व्यवहारिक व्यवस्थापन कसरी गर्ने ?

२०८० श्रावण १९, शुक्रबार १५:१६
✍️किरण धिताल केही समय अघि एकजना राजनीतिक अगुवाले बडो मार्मिक ढङ्गले एउटा विषयको उठान गरेका थिए । उनले भनेका थिए तामाङ भाषिक विद्यार्थी, पढाई हुने भाषा नेपाली , पढाउने शिक्षक मधेसी यस्तो तरिकाको शिक्षा प्रणालीले सिकाइलाई अपेक्षित उपब्धी हासिल गर्न सकिदैन भन्ने उनको निष्कर्ष थियो । अब चर्चा गरौं के […]

सम्बन्धित समाचार