नेपालगन्ज उपमहानगरपालिकाको फुटपाथ निर्माण कार्य शुभारम्भ

  ।   २०८० माघ २४, बुधबार १९:२८

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाको गणेशमान चोकदेखि धम्बोझी चोकसम्म सुर्खेत रोडमा फुटपाथ निर्माण कार्य सुरु भएको छ ।

नगर प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्दिन राईले डेढ मिटर चौडा फुटपाथ निर्माण कार्यको शुभारम्भ गर्नुभएको छ । राज बिल्डर्सले फुटपाथ निर्माण गर्न थालेको इन्जिनियर चन्दन राज दासले बताउनुभयो । १ करोड लागतमा बन्न थालेको फुटपाथ चालू आर्थिक बर्षमा सुर्खेत रोडको पश्चिमतर्फ निर्माण गरिने दासले जानकारी दिनुभयो । जेठ मसान्तसम्म फुटपाथ निर्माण सम्पन्न हुनेछ ।

नेपालगञ्ज उपमहानगरपालिकाको वीपी चोकदेखि धम्बोझी चोकसम्म मिडियन रेलिङ कार्य सुरु गरिएको छ । नगर प्रमुख प्रशान्त विष्टले मिडियन निर्माण कार्यको अनुगमन गर्नुभएको छ । नगर सौन्दर्यकरण, हरियाली प्रवर्द्धन र दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडकको बीच भागमा बृक्षारोपण र रेलिङ निर्माण कार्य सुरु गरिएको नगर प्रमुख विष्टले बताउनुभयो । ४० लाख लागतमा यसै आर्थिक बर्षभित्र निर्माण कार्य सक्ने गरी नेपाल विल्डर्सले काम थालेको योजना तथा प्राविधिक शाखा प्रमुख भुपेन्द्र बोहोराले जानकारी दिनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर १९ आलानगरमा सडक स्तरोन्नति र नाला निर्माण कार्य सुरु भएको छ । ३१० मिटर लामो र १० मिटर चौडा सडक स्तरोन्नति तथा ७२.५ सेन्टिमिटर चौडा नाला निर्माण कार्यको नगर प्रमुख प्रशान्त विष्टले शिलान्यास गर्नुभएको छ ।

आलानगरदेखि फारम टोल जोड्ने उक्त बाटो ग्राभेल र दुईतर्फी नाला आरसीसी ढलान गरिने इन्जिनियर इश्वरी सापकोटाले बताउनुभयो । विशाल निर्माण सेवाले जेठ १५ गतेसम्म ७० लाख लागतमा निर्माण सम्पन्न गर्ने गरी काम थालेको छ ।

Next Post

सङ्घीयता कार्यान्वयनका विषमया गठबन्धनका शीर्ष नेता र मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्री प्रचण्डको छलफल

२०८० माघ २४, बुधबार १९:२८
काठमाडौँ,  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनलाई सबल बनाउने विषयमा सत्ता गठबन्धन दलका शीर्ष नेता र प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटामा प्रधानमन्त्री प्रचण्डले सङ्घीयता कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वयमा देखिएका समस्या र समाधानका लागि आगामी दिनमा अपनाउनुपर्ने उपायबारे छलफल गर्नुभएको हो । […]