‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि तेस्रो चरणका खेल सुरु हुँदै मंसिर १७, २०७८ शुक्रबार ६:३९:१८ | उज्यालो सहकर्मीFacebookTwitterViberEmailPrintFriendlyShare unn.prixa.net काठमाण्डाै – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि तेस्रो चरणको खेल सुरु हुँदैछ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आज दुई वटा खेल हुँदैछन् । फ्रेन्ड्स क्लब र थ्री स्टारबीच हुने पहिलाे खेल दिउँसो एक बजेदेखि सुरु हुनेछ । त्यस्तै आज हुने दोस्रो खेलमा सातदोबाटो युथ क्लब र एपीएफ क्लब खेल्दैछन् । सातदोबाटो र एपीएफबीचको खेल बेलुका पौने ५ बजे सुरु हुनेछ । फ्रेन्ड्स दुई खेलमा १ अङ्कका साथ दशौँ स्थानमा रहेको छ । थ्री स्टारको दुई खेलमा ३ अङ्क छ । थ्री स्टार अङ्कतालिकामा सातौँ स्थानमा छ । त्यस्तै सातदोबाटो दुई खेलमा ४ अङ्कका साथ छैटौँ र अङ्कविहीन रहेको एपीएफ १३ औँ स्थानमा छ ।