शैक्षिक गुणस्तर वृद्धि गर्न सामुदायिक विद्यालय सुधार गर्न आवश्यक: मन्त्री शर्मा

  ।   २०८० चैत्र १४, बुधबार २०:२९

नेपालगन्ज । सुचना तथा सञ्चारमन्त्री रेखा शर्माले शैक्षिक गुणस्तर उकास्न तथा शैक्षिक उपलब्धि वृद्धि गर्न सामुदायीक विद्यालयको विकासमा ध्यान दिन आवश्यक रहेको बताउनुभएको छ । दाङको घोराहीस्थित जन जागृति र जयशेर माबिमा खेलकुदा सामग्री सहयोग कार्यक्रममा बोल्दै मन्त्री शर्माले शैक्षिक गुणस्तर वृद्धि गर्न सामुदायिक विद्यालय सुधार गर्न आवश्यक रहेको बताउनुभयो । विद्यालयमा पठनपाठनको अवस्था, नियमित मुल्यांकन, अनुगमन, आवश्यकता अनुसारको अध्ययन अध्यापनमा ध्यान दिने हो भने सामुदायिक विद्यालयको स्तरपनि बढ्दै जाने उहाँको भनाई थियो ।

सरकारले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने योजनाका साथ यसवर्ष सरकारले समयमै विद्यार्थीको हातमा पाठ्यपुस्तक पु¥याउने काम गरिरहेको बताउनुभयो । यसअघि पुस्तक छाप्न आवश्यक पर्ने कच्चा पदार्थको अभाव, समयमै रकम निकासा नहुने, वितरण केन्द्रमै किताब थन्किने, दुर्गममा ढुवानीको समस्यालगायतका कारण पुस्तक छपाइमा ढिलाई हुने र विद्यार्थीले समयमा पुस्तक नपाउने समस्या थियो । तर गएको वर्षदेखि व्यवस्थापन मिलाएर सबै जिल्लाका विद्यार्थीलाई समयमै पुस्तक उपलब्ध गराउन थालेको उहाँले बताउनुभयो ।

उहाँले विद्यार्थीको मुल्यांकन कापी र किताबका पानामा भन्दा बढी क्षमता, रुचि, प्रस्तुतिलाई ध्यान आग्रह गर्नुभयो । सबै विद्यार्थी सबैमा उत्कृष्ट नहुने भन्दै यसका लागी उनीहरुको क्षमताअनुसार प्रेरणा, पठनपाठनमा विशेष सहयोग र उसलाई पटक पटक हौसला दिइरहन आवश्यक रहेको बताउनुभयो ।समाजमा मर्यादाका साथ जीवनयापन गर्ने योग्यता आचरण र उपयुक्त व्यवहार विद्यालयबाट नै सिकाइने भएकाले प्रत्येक समुदायको विकासमा विद्यालयको महत्वपूर्ण भूमिका रहने मन्त्री शर्माको भनाई थियो ।

Next Post

परम्परागत होइन उत्पादन र रोजगार केन्द्रित बजेटको तयारी गर्नुस् : प्रधानमन्त्री

२०८० चैत्र १४, बुधबार २०:२९
काठमाडौं, । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत ढाँचाको नभएर उत्पादन र रोजगारीलाई लक्षित गरी बजेट निर्माणको तयारी गर्न निर्देशन दिनुभएको छ। बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित आर्थिक वर्ष २०८१/०८२ को बजेटको स्रोत अनुमान सम्बन्धी बैठकमा बोल्दै प्रधानमन्त्रीले जनतामा आशा जगाउने गरी उत्पादन र रोजगारकेन्द्रित बजेटको तयारी गर्न […]