भालुबाङ । दाङको राप्ती नदीमा बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । बाँकेको नेपालगन्जदेखि काठमाडौंका लागि छुटेको भे १ ख ३९१२ नम्बरको रात्रीबस शुक्रबार राती करिब १० बजेतिर राप्ती नदीमा खसेको थियो ।
प्रहरी चौकी भालुबाङका अनुसार दुर्घटनामा परि सातजनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृतकमध्ये तिनजनाको भालुबाङ स्वास्थ्य चौकी र दुईजनाको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमध्ये हेटौंडाका ४५ वर्षीय सौरभ विष्ट र बाँके नेपालगञ्जकी ६० वर्षीया कुशुम बस्नेतको पहिचान खुलेपनी अन्य १० जनाको भने पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
बसमा ३५ जना यात्रु रहेको र २३ जना घाइते भएका छन् । घाइतेहरुको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।