ब्यस्त सडकमा कुखुरा छोडेर भारतीय कुखुरा रोक्न नेपाली किसानको माग

  ।   २०७९ चैत्र २, बिहीबार १४:४७

संवाददाता, नेपालगंज ।

भारतीय कुखुरा रोक्नुपर्ने माग सहित नेपाली कुखुरा ब्यवासायिले नेपालगंज स्थित स्थानीय गणेशमान चोकमा विरोध प्रर्दशन गरेका छन ।

आफुहरुले उत्पादन गरेका कुखुराले बजार नपाई रहेका बेला भारतबाट तस्करी ल्याईएका कुखुराहरु सस्तोमा नेपाली ग्राहकलाई विक्री गरेर आफुहरुको रोजीरोटी नै सिद्धाउन लागी परेको नेपाली कुखुरा ब्यवासायिको भनाई छ ।

आज उनीहरुले सडकमा बोइलर कुखुरा छोडेर नै विरोध प्रर्दशन गरी भारतीय कुखुराको तस्करी रोक्न माग गरेका हुन । कुखुरा ब्यवसायि हुसेन खाँले आफना समस्या जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालयलाई ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नभएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको बताउनुभयो ।

कुखुरा ब्यवासायिको आन्दोलनका कारण केही समय सवारी आवागमनमा समेत अवरोध सिर्जना भएको थियो । सुरक्षाकर्मीकै सेटिङ्गमा सिमा नाकाबाट भारतीय कुखुरा तस्करले ल्याउने गरेको आरोप नेपाली कुखुरा ब्यवासायिले लगाउदै आएका छन ।

पत्रकार दिनेश ठाकुरको सहयोगमा…

Next Post

स्थानीय युवा अभियन्तालाई बाल संरक्षण सम्बन्धि तालिम

२०७९ चैत्र २, बिहीबार १४:४७
संवाददाता, नेपालगंज । विपदका क्षेत्रमा क्रियाशिल युवा अभियन्तालाई लक्षित गरी नेपालगंजमा आजदेखी बाल संरक्षण सम्बन्धि तालिम शुरु भएको छ । तालिमको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिकले उद्दघाटन गर्नुभएको हो । प्लान इन्टरनेशनलको आर्थिक सहयोगमा बाँके युनेस्को क्लवले सञ्चालन गरेको तालिम यही चैत्र ५ गते (आइतबार) सम्म चल्नेछ । तालिममा खजुरा […]

सम्बन्धित समाचार