मिडियामा दलित पत्रकारको न्युन सहभागीता

बाँके जिल्लामा क्रियाशिल २६७ जना सदस्य मध्ये १५ जना मात्रै दलित

  ।   २०७७ फाल्गुन १५, शनिबार १९:१०

संवाददाता, कोहलपुर ।
दलित समुदायको मुद्दालाई मिडियामा शसक्त रुपमा उठाउनु पर्नेमा एक अन्र्तक्रिया कार्यक्रमका सहभागीले जोड दिएका छन ।

शुक्रबार बाँकेको कोहलपुरमा आयोजित दलित पत्रकारहरुको वर्तमान अवस्था र चुनौती विषयक अन्तरक्रिया तथा जिल्ला भेला कार्यक्रममा मिडियामा दलित पत्रकारहरुको सहभागीता वृद्धि सगैं समुदायका मुद्दालाई प्राथामिकताका साथ उठाउनु पर्नेमा उनीहरुले जोड दिएका हुन ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मधु शाहीले दलित समुदायको मुद्दा उठान गर्नको लागि पत्रकार उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।

राष्ट्रिय दलित पत्रकार संघकी केन्द्रीय सदस्य समेत रहनुभएका शाहीले समाजमा पछि परेका र पारिएका सबै वर्गका विषय अहिले पनि ओझेलमा रहेको बताउनुभयो ।

दलित सेवा संघका पूर्व केन्द्रीय अध्यक्ष तथा दलित अधिकारकर्मी गजाधर सुनारले सत्तामा रहेका वर्गले दलित समुदायलाई उपेक्षा गरेकोे भन्दै दलित पत्रकारहरुले यसमा शसक्त रुपमा कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।

राजनीतिक दलले समेत दलित समुदायलाई भोट बैंकका रुपमा मात्रै प्रयोग गरेको उहाँको भनाइ छ ।

राष्ट्रिय दलित पत्रकार संघ जिल्ला शाखा बाँकेका सल्लाहकार पुजन विश्वकर्माले राजनीतिक पार्टीमा पनि दलितहरुको न्यून सहभागिता रहेको बताउनुभयो ।

दलित समुदायका पत्रकारहरुले प्रमुख मुद्दा बनाएरै दलित समुदायका आवाज बुलन्द गर्नुपर्ने उहाँले जानकारी दिनुभयो ।

यता नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारूले बाँके जिल्लामा अहिले पनि दलित समुदायका पत्रकारहरु न्यून संख्यामा रहेको बताउनुभयो ।

अहिले पनि समाजमा दलित र महिलाहरु निकैपछि रहेको भन्दै उनीहरुको पक्षमा पत्रकारहरुले कलम चलाउन आवश्यक रहेकोमा अध्यक्ष थारुले जोड दिनुभयो ।

बाँके जिल्लामा क्रियाशिल २६७ जना सदस्यहरु मध्ये १५ जना दलित, मधेसी ३६ जना र थारु समुदायका २४ जना मात्र पत्रकार रहेको अध्यक्ष थारुले जानकारी दिनुभयो ।

यस्तै कोहलपुर नगरपालिका विद्यायक समितिका संयोजक तथा कार्यपालिका सदस्य भिम बहादुर नेपालीले दलित समुदायको शसक्तिकरणको लागि कोहलपुर नगरपालिका सधै प्रयत्नशिल रहेको बताउनुभयो ।

राष्ट्रिय दलित पत्रकार संघ जिल्ला शाखा बाँकेका अध्यक्ष रूपा गहतराजले संघको केन्द्रीय नेतृत्वलाई जवाफदेही बनाउने र दलित समुदायका पत्रकारहरु बीच आपसी समन्वय, अन्तरक्रिया र छलफल गर्नको लागि कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ छ ।

नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष समेत रहनुभएका गहतराजले दलित समुदायका पत्रकारहरु अब वर्गका मुद्दामा सक्रिय रुपमा लाग्नुपर्ने बताउनुभयो ।

भेलामा सहभागी दलित अधिकारकर्मी निर्मला सुनार, दलित सेवा संघ बाँकेका अध्यक्ष कृष्ण विक ,कोहलपुर नगरपालिकाका आर्थिक समितिका संयोजक डिलबहादुर परियार र प्रतिबोध एफ.एम.का अध्यक्ष बुद्ध सुनारले मिडियामा दलित समुदायका मुद्दालाई शसक्त रुपमा अघि बढाउने विषयमा जोड दिनुभएको छ ।

भेलाले ६ वटा निर्णय समेत गरेको छ ।

बाँकेमा दलित पत्रकारहरुलाई क्रियाशिल बनाउने, नयाँ सञ्चारकर्मी उत्पादनको लागि ६ महिने परीक्षण काल हटाउन पहल गर्ने, दलित पत्रकार उत्पादनको लागि तालिम सञ्चालन गर्ने, लामो समय क्रियाशिल पत्रकारका रुपमा काम गरेकालाई महासंघको सदस्यताका लागि पहल गर्ने निर्णय भएको सचिव कविन्द्र परियारले जानकारी दिनुभयो ।

यसैगरी दलित समुदायका सवालमा शसक्त रुपमा कलम चलाउने र दलित पत्रकारहरुलाई स्थानीय सञ्चार माध्यममा अवसर दिइनुपर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।

राष्ट्रिय दलित पत्रकार संघको आगामी २८ र २९ गते हुने केन्द्रीय अधिवेशनको अवसरमा बाँके जिल्लाको अवस्थाका विषयमा कार्यपत्र प्रस्तुत गर्ने निर्णय पनि गरिएको छ ।

Next Post

नेपालगन्जमा महिलालाई लक्षित दश दिने पत्रकारीता तालिम सुरु हुँदै

२०७७ फाल्गुन १५, शनिबार १९:१०
बाँके । राज्यको चौंथो अंग पत्रकारीतामा महिलाको अर्थपूर्ण सहभागिताले नै समग्र समावेशिकरणको मुद्दा अर्थपूर्ण हुने उद्देश्यले नेपालगंज उपमहानगरपालिका वडा नं। ४ को आर्थिक सहयोगमा मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्र ९हुरीपप० ले १० दिने पत्रकारीता तालिम आईतबारबाट सुरु गर्न लागेको आयोजकले जनाएको छ । मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्र […]