नेपालगन्जमा महिलालाई लक्षित दश दिने पत्रकारीता तालिम सुरु हुँदै

  ।   २०७७ फाल्गुन १५, शनिबार २२:३१

बाँके । राज्यको चौंथो अंग पत्रकारीतामा महिलाको अर्थपूर्ण सहभागिताले नै समग्र समावेशिकरणको मुद्दा अर्थपूर्ण हुने उद्देश्यले नेपालगंज उपमहानगरपालिका वडा नं। ४ को आर्थिक सहयोगमा मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्र ९हुरीपप० ले १० दिने पत्रकारीता तालिम आईतबारबाट सुरु गर्न लागेको आयोजकले जनाएको छ ।
मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्र ९हुरीपप० का अध्यक्ष आलम खानले पत्रकार महिलाको क्षमता र दक्षता अभिबृद्धि मुलुकको समृद्धीका लागि अपहिार्य भएकोले पत्रकारीता तालिम आयोजना गरिएको बताउनु भयो ।

अध्यक्ष खानले राजनतिक संरचनाहरु महिला मैत्री बन्दै गएको भएपनि सामाजिक दृष्टिकोणहरु महिला प्रति अझै उदार बनि नसक्नु पत्रकार महिलाका लागि ठूलो चुनौती रहेको बताउनु भयो ।
पत्रकारीतामा महिलाहरु व्यवसायिक रुपमा टिकिराख्नका लागि पत्रकारीता संस्थागत रुपमै हौसला र प्रोत्साह आवश्यक रहेको भन्दै लक्षित वर्गाको कार्यक्रमबाट किशोरीहरुलाई लक्षित गरी पत्रकारिता तालिमको आयोजना गर्न लागिएको नेपालगंज ४ का अध्यक्ष मोहम्मद सफिक बेहनाले युथलाई जानकारी दिनु भयो ।
तालिममा १५ जना पत्रकार महिलाको सहभागिता रहने छ । पत्रकारीता र विषयमा केन्द्रित रहेर कक्षा हरु संचालन गरिने आयोजकले जनाएको छ । तालिममा प्रेस संगठन नेपाल बाँकेका अध्यक्ष डक्ट प्रसाद धिताल, इसेतो खरीका सम्पादक कमल न्यौपाने लगायतका पत्रकारहरुले सहजीकरण गर्ने आयोजकले जनाएको छ ।

Next Post

सिजनको हिसाबले आजदेखि प्रि-मनसुन सुरु

२०७७ फाल्गुन १५, शनिबार २२:३१
काठमाण्डौ । आजदेखि सिजनको हिसाबले प्रि-मनसुन सुरु भएको छ । जाडोयामको सिजन सकिएलगत्तै प्रि-मनसुन सुरु भएको हो । मौसमविद्ले मार्च १ तारिखदेखि तीन महिना प्रि-मनसुनको सिजन हुने बताउनुभयो । मार्च, अप्रिल र मे महिना प्रि-मनसुनको सिजन हो । यसपछि मनसुन सुरु हुन्छ । प्रि-मनसुनको समयमा दिउँसो र बेलुकाको समयमा धेरै […]

सम्बन्धित शीर्षक