संवाददाता ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को रजिस्ट्रेसन आवेदन फाराम खुला गरेको छ ।
शैक्षिक सत्र २०७९ मा भर्ना भएका विद्यार्थीहरूका लागि पौष १५ गतेभित्र विलम्ब शुल्करहित र पौष मसान्तभित्र विलम्ब शुल्कसहित आवेदन फारम भर्न सकिने बोर्डले जनाएको छ ।
पौष १५ भित्र आवेदन बुझाउँदा ४ सय रुपैयाँ शुल्क लाग्ने र पौष मसान्तभित्र बुझाउँदा ८ सय रुपैयाँ शुल्क लाग्ने बोर्डले जनाएको छ ।
पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशित सूचना अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) मा न्यूनमत १.६ जीपीए प्राप्त गर्ने विद्याथीईले कक्षा ११ मा अध्ययन गर्न पाउने र सोही आधारमा रजिस्ट्रसेन फाराम भर्नुपर्नेछ ।
त्यसका लागि आवेदन फारामसँगै प्रधानाध्यापकबाट प्रमाणित गरिएको एसईई को ग्रेडसिटको प्रतिलिपि समेत पेस गर्नुपर्नेछ । कक्षा ११ को नयाँ पाठ्यक्रम अनुसारको विषय समूह र विषय कोड अनुरूप एक समूहबाट एक विषय मात्र अध्ययन गर्ने गरी फाराम भर्ने व्यवस्था मिलाइएको छ ।
सिटिइभिटीले पनि रजिस्ट्रेशन फाराम भर्न आह्वान गरेको छ ।