सिजनको हिसाबले आजदेखि प्रि-मनसुन सुरु

  ।   २०७७ फाल्गुन १७, सोमबार ०७:५७

काठमाण्डौ । आजदेखि सिजनको हिसाबले प्रि-मनसुन सुरु भएको छ ।

जाडोयामको सिजन सकिएलगत्तै प्रि-मनसुन सुरु भएको हो ।

मौसमविद्ले मार्च १ तारिखदेखि तीन महिना प्रि-मनसुनको सिजन हुने बताउनुभयो । मार्च, अप्रिल र मे महिना प्रि-मनसुनको सिजन हो । यसपछि मनसुन सुरु हुन्छ ।

प्रि-मनसुनको समयमा दिउँसो र बेलुकाको समयमा धेरै हावाहुरी चल्ने हुन्छ । प्रि-मनसुन सुरु भएको एकरदुई दिनमा नै यसका गतिविधि सुरु नभए पनि बिस्तारै गतिविधि देखिने मौसमविद् निराजन सापकोटाले बताउनुभयो ।

उहाँकाअनुसार विशेषगरी यो सिजनमा आगलागीका घटना धेरै हुने गर्छन् । यस्तै, यो सिजनमा मेघगर्जनसहित चट्याङ्ग पर्ने हुँदा मानवीय क्षति हुने जोखिम पनि उतिकै रहन्छ ।

प्रि-मनसुनमा हावाहुरीसहित असिना पानी पर्ने पनि हुन्छ । सिजनका हिसाबले यसपालिको जाडोयाम सकिएको छ । डिसेम्बर, जनवरी र फेब्रुअरी तीन महिनालाई जाडोयाम मानिन्छ । यसपालिको जाडोयाममा पानी निकै कम परेको छ ।

Next Post

अशक्त र ज्येष्ठ नागरिकलाई घरमै पुगेर काेराेनाविरुद्धकाे खोप लगाइने

२०७७ फाल्गुन १७, सोमबार ०७:५७
काठमाण्डाै | सरकारले कोभिड-१९ विरुद्धको निःशुल्क खोप अभियानमा अशक्त र ज्येष्ठ नागरिकका घरमै पुगेर खोप लगाउने भएको छ । सरकारले आउँदो आइतवारदेखि ५५ वर्षमाथिका नागरिक, दीर्घरोगी र वैदेशिक रोजगारबाट नेपाल फर्केका व्यक्तिलगायतका लागि खोप अभियान सुरु गर्न लागेको छ । स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले खोप केन्द्रमा आउन असमर्थका लागि […]