तीन स्थानीय तहका २० शिक्षकलार्ई स्टीक एण्ड स्टोन प्रशिक्षक प्रशिक्षण प्रदान 

  ।   २०७८ बैशाख १०, शुक्रबार १८:०५

योगेश पाण्डे
नेपालगञ्ज । बाँके युनेस्को क्लबले जिल्लाका तीनवटा स्थानीय तहका १० विद्यालयका २० जना शिक्षकलाई स्टीक एण्ड स्टोन प्रशिक्षक प्रशिक्षण दिएको छ ।

प्लान नेपालको सहयोगमा क्लबले सञ्चालन गरेको प्रोटेक्ट परियोजना अन्तर्गत बाँके जिल्लाका खजुरा गाउँँपालिका, बैजनाथ गाउँपालिका र कोहलपुर नगरपालिका क्षेत्रका १० वटा विद्यालयका २० जना शिक्षकलाई सो प्रशिक्षक तालिम दिईएको क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
<span;>उहाँले सो तालिमका लागि बैजनाथका ४, खजुरा र कोहलपुरका ३–३ वटा गरेर १० वटा विद्यालयबाट २० जना शिक्षकको छनोट गरिएको बताउनुभयाो ।
सो तालिममा सहभागि शिक्षकहरुलाई बाल अधिकार, मानवबेचविखन नियन्त्रण, बाल विवाह र हिंसा तथा दुव्र्यवहार बारे बिस्तृत रुपमा जानकारी गराउने तथा ती शिक्षकहरुले आ आफ्नो विद्यालयमा गएर बालबालिकालाई सो सम्बन्धि तालिम प्रदान गर्ने प्रोटेक्ट परियोजनाका फिल्ड सुपरभाइजर शंकर सिंह थारुले बताउनुभयो ।

बालबालिकाले आ आफ्नो समुदाय र समाजमा गएर सो बारेमा जानकारी गराई सचेतना फैलाउने छन् । 

फिल्ड सुपरभाइजर थारुले तालिममा युथ एम्बेसडर मन्जु थापा मगरको पनि सहभागिता रहेको जनाउँदै तालिमको सहजीकरण राम कुमारी चौधरीले गर्नुभएको बताउनुभयो ।

Next Post

प्लान नेपालद्धारा युनेस्को क्लब र गेरुवा समाजमार्फत भेरी अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान

२०७८ बैशाख १०, शुक्रबार १८:०५
समाचारदाता नेपालगञ्ज, बैशाख २० गते । दोस्रो लहरको कोरोना संक्रमणका कारण हटस्पट बनेको बाँकेमा संक्रमितको उपचारमा सहज होस भन्ने उदेश्यले प्लान नेपालले बाँकेका दुई वटा गैर सरकारी संस्था मार्फत ठुलो परिमाणमा स्वास्थ्य सामाग्री प्रदान गरेको छ । बाँके युनेस्को क्लब र गेरुवा ग्रामिण समाज संघ मार्फत प्लान नेपालले सोमवार जिल्ला […]