पीडाले जन्माएको उम्मेदवारी, सम्मान गर्दै गाउँ–गाउँमा दिपेन्द्र बिष्ट

  ।   २०८२ माघ ८, बिहीबार २०:१५

नेपालगन्ज । बाँके क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार दिपेन्द्र बिष्टको राजनीति भाषणको चमकमा सीमित छैन। उहाँको राजनीति पीडाबाट सुरु हुन्छ—जेष्ठ नागरिकका काँपेका हात, आँखामा थुप्रिएको इतिहास र जेन–जी आन्दोलनका घाउ बोकेका शरीरहरूबाट।

नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट उम्मेदवार बन्नुभएका बिष्ट जेष्ठ नागरिकहरूको घर–आँगनमा पुग्दै उहाँहरूका दुःख, माग र अधूरा सपना सुन्दै हुनुहुन्छ। जीवनभर देशका लागि काम गरेका बुवाआमाहरू आज राज्यको नजरबाट ओझेल परेका छन् भन्ने अनुभूति उहाँको अभियानको केन्द्र बनेको छ। “यी आवाज अब घरको चौतारीमै हराउने छैनन्,” बिष्टले भन्नुभयो, “म पहल गर्छु, मेरो आवाज माथिसम्मै पुग्नेछ ।”

जेष्ठ नागरिकहरूले स्वास्थ्य सेवा, सामाजिक सुरक्षा, सम्मानजनक जीवन र राज्यको अपनत्व खोजिरहनु भएको छ । ती अपेक्षाहरू सुन्दा बिष्ट भावुक देखिनुहुन्छ। उहाँका लागि यो चुनाव जित–हारको खेल होइन, उपेक्षित आवाजलाई न्याय दिलाउने जिम्मेवारी हो।

आफू जेन–जी आन्दोलनका सहिद तथा घाइतेहरूको सम्मानका लागि उम्मेदवारी दिएको बताउँदै बिष्टले स्पष्ट पार्नु भयो—“जो परिवर्तनका लागि ढले, जसले घाइते शरीर बोकेर पनि देश खोजिरहे, तिनको सम्मान बिना लोकतन्त्र अधुरो रहन्छ ।” आन्दोलनका घाउहरू उहाँको भाषणमा होइन, आँखामा देखिन्छन्।

बिष्ट आफूलाई जेन–जीको प्रतिनिधि भएको दाबी गर्नुहुन्छ। प्रश्न गर्ने साहस बोकेको, अन्याय सहन नसक्ने र भविष्यप्रति आशावादी पुस्ताको आवाज संसदमा पुर्‍याउने संकल्प उहाँको छ । “म नयाँ पुस्ताको मात्र होइन, पुरानो पुस्ताको अधूरो सपना बोकेर अघि बढेको हुँ,” उहाँ भन्नुहुन्छ। गाउँ–गाउँमा पुगेर सर्वसाधारणसँग प्रत्यक्ष भेट गर्दै उहाँले मतदानको आग्रह गरिरहनुभएको छ। भाषणभन्दा संवाद, नाराभन्दा संवेदना उहाँको अभियानको पहिचान बनेको छ। कतिपय जेष्ठ नागरिकहरू उहाँको हात समाउँदै भन्छन्, “हाम्रो पीडा नबिर्स।” त्यो क्षण धेरैका आँखाबाट आँसु झर्छ—आशाका आँसु।

युवा नेता बिष्टको उम्मेदवारी बाँके–१ मा सामान्य राजनीतिक प्रतिस्पर्धा बनेको छैन। यो उम्मेदवारी लाठी टेक्ने बुवाआमाको आँसु, जेन–जीका घाउ र भोलिको संसदसँग जोडिएको कथा बनेको छ। बाँके–१ मा आज राजनीति होइन, मानवीय संवेदनाले मत मागिरहेको छ ।

Next Post

उद्यमीहरूको एकमत दिपेन्द्र बिष्टमा “अब विकल्प छैन” भन्दै बाँके–२ मा जनविश्वास थपिँदै

२०८२ माघ ८, बिहीबार २०:१५
सबिता चन्द ठकुरी नेपालगन्ज । नेपाली कम्युनिस्ट पार्टीका युवा नेता तथा बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टसँग भएको भेटघाटपछि नेपालगन्जका उद्यमी व्यवसायीहरूले “अब दिपेन्द्र बिष्टको विकल्प छैन” भन्ने स्पष्ट धारणा सार्वजनिक गरेका छन्। भेटका क्रममा बिष्टले प्रस्तुत गरेको विकासको दृष्टिकोण, मिहिनेत र प्रतिबद्धताले उद्यमी […]