नागरिक स्तरबाटै डुडुवा गाउपालिकाको आलोचना

  ।   २०७८ जेष्ठ ३०, आईतवार २३:३३

बाँके ।  पहुँचवाला र आसेपासेलाई ‘सुटुक्क’ कोरोनाविरुद्धको खोप लगाएपछि नागकिस्तरबाट बाँकेको डुडुवा गाँउपालिकाको आलोचना भइरहेको छ ।

विवादकाबीच स्वास्थ्यकर्मीको गल्ती कमजोरी ढाकछोप गर्न डुडुवाका केही कर्मचारीहरु नै लागे पछि लुम्बनी प्रदेश सरकारले निष्पक्ष छानबिन गरी प्रदेश सरकारलाई प्रतिबेदन पठाउन प्रमुख जिल्ला अधिकारी शिवलाल गेलाललाई कडा निर्देशन दिएको छ ।

बाँके क्षेत्र नम्बर १ को क बाट निर्वाचित प्रदेश सभा सदस्य समेत रहेका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिजय बहादुर यादवले घर घरमा लगेर खोप लगाउने र खोप लैजान निर्देशन दिने स्वास्थ्यकर्मीलाई प्रदेश सरकारले कारवाही गर्ने बताउदै खोप दुरुपयोग गर्ने कर्मचारीहरुलाई संरक्षण नगर्न समेत उहाँले आग्रह गर्नु भएको छ । उहाँले डुडुवा गाँउपालिकामा खोप दुरुपयोग हुदाँ समेत पालिकाले कुनै चासो नलिनु चिन्ताको विषय भएको बताउनु भयो ।

मन्त्री यादवले जिल्ला स्वास्थ्य कार्यालयले खोप स्थलहरुको अनुगमन गर्ने अनिवार्य व्यवस्था गरे पनि अनुगमन नगरी नक्कली भ्रमण आदेश बनाएर रकम बुझने कर्मचारीलाई पनि नछोडने जिकिर गर्नु भयो । उहाँले अनुगमनका नाममा भ्रमण भत्ता लिने तर खोप दुरुपयोग हुदाँ स्थानीय सरकार नै जिम्मेवार रहेको भनी पन्छिने कर्मचारीहरुलाई पनि प्रदेश सरकारले कारवाही गर्ने बताए ।

प्रदेश सरकारको निर्देशन पश्चात स्वास्थ्य कार्यालय बाँकेले आईतबार आधारभूत स्वास्थ्य केन्द्रको राजिष्टर झिकाएर केन्द्रका इन्चार्ज खडक बहादुर रोका र स्वास्थ्य संयोजक धन बहादुर बुढा संग खोप दुरुयोगका विषयमा बयान लिएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले बताए । उनले स्वास्थ्यकर्मीहरु नै खोप आफनो घर घरमा लगी आफन्तलाई लगाउनु सबै भन्दा ठूलो गल्ती भएको बताउदै घर घरमा लगी खोप लगाउने र लग्न आदेश दिने स्वास्थ्यकर्मीहरुलाई कारवाहीको दयारमा ल्याउने बताए ।

यस्तै बाँकेका प्रमुख जिल्ला अधिकारी गेलालले लक्षित उमेरका व्यक्तिका लागि आएको खोप अन्य समूहलाई दिनु गलत कार्य हो । स्वास्थ्यकर्मीहरुले घर घरमा खोप लग्नु र अन्य पालिकाको व्यक्तिहरुलाई बोलाएर खोप लगाउनु नियमविपरीत रहेको बताउदै डुडुवा ४ मा खोप दुरुपयोग भएको भन्ने विषयमा समाचार सार्वजानिक भए पछि छानविन सुरु गरिएको जानकारी दिए ।

खोप दुरुपयोग भएको समाचार सार्वजानिक भए पछि डुडुवा ४ मा जेष्ठ २३ गतेको मिति लेखेर नक्कली माईनेट तयार गरीरहेको अवस्थामा डुडुवा गाँउपालिकाको प्रशासन शाखाले उक्त माईनेट नियन्त्रणमा लिएको जनाएको छ । यता स्वास्थ्य चौकी इन्चार्ज रोकाले करार बाहेकका सरकारी कर्मचारीलाई सरुवा गरिदिने र स्पष्टीकरण सोध्ने धम्की दिए पछि केही बेर केन्द्र तनाब पूर्ण बनेको थियो । केन्द्रमा २ जना पुरुष र ५ जना महिला स्वास्थ्यकर्मी र १ जना पुरुष कार्यालय सहयोगी रहेको उक्त केन्द्रका इन्चार्ज रोकोले महिला कर्मचारीहरुलाई अभद्र शब्द प्रयोग गरे पछि महिला स्वास्थ्यकर्मीहरुले श्रीमति माथि जमाउने अधिकार स्वास्थ्य केन्द्रका कर्मचारी माथि नजमाउन भन्दै कडकिएका थिए । रोकाले सोमबार बैठक बसेर केही महिला स्वास्थ्यकर्मीहरुलाई कारवाही गर्ने धम्की दिए पनि गाँउपालिकाका स्वास्थ्य संयोजक भने मौन रहेको स्रोतले जनाएको छ ।

डुडुवा ४ को स्वास्थ्य केन्द्रका केही कर्मचारीहरु स्थानीयलाई खोप नलगाएर आफनो घरका लागि खोप लगेको र आफना निकटका व्यक्तिहरुलाई बोलाएर खोप लगाएको समाचार सार्वजानिक भई सक्दा समेत स्वास्थ्य कार्यालय बाँकेले स्थलगत अनुगमन गर्न नसक्नु र उल्टै केही नर्सिङ्ग कर्मचरीहरुलाई सरुवा गर्ने स्वास्थ्य केन्द्रका इन्चार्जले धम्की दिनु निन्दनीय कार्य भएको स्थानीयहरुले बताए । मन्त्री यादवले भयावह अवस्थामा खोप जस्तो विषय कसैले पनि र कुनै पनि निकायले दुरुपयोग गरिएको ठहरिएमा कानुनबमोजिम दण्डनीय हुने बताए उहाँले भन्नुभयो लापरबाही र अनुशासनहीन काम गरिएको ठहरिएमा मन्त्रालयले कारबाही गर्ने दाबी गर्नु भयो ।

Next Post

कोरोनाको दोस्रो लहर संग लड्दाका अनुभुति र विजयी नयाँ जीवन

२०७८ जेष्ठ ३०, आईतवार २३:३३
नेपालगंज र कोभिड-१९ कोरोनाको दोस्रो लहर नेपालमा भित्रिएको केही समयमै नेपालगन्ज देशकै सबैभन्दा हटस्पट क्षेत्र बन्यो । कोरोनाले केहि समय नेपालगंजलाई हल्लाईदियो । मानिसहरुको जिवनमा कोरोना आतंकले कालो बादल मडारिन थाल्यो । कतिपय मानिसलाई नेपालगन्ज छोडेर अन्त्यै सुरक्षित ठाउँ जाने भागदौड पनि नचलेको हैन । तर त्यति गार्हो अवस्थामा पनि […]

सम्बन्धित समाचार