मास्क खोई

नेपालगंजमा कोरोना संक्रमण दर बढेपछि कडाई

  ।   २०७८ बैशाख २, बिहीबार ११:१४

संवाददाता, नेपालगंज।
बाँकेमा कोरोना संक्रमण दर बढेपछि कडाई गर्न थालीएको छ । आज बिहानै देखी सार्वजनिक यातायात तथा घर बाहिर हिड्डुल गर्दा नागरिकले मास्क अनिवार्य प्रयोग गरे नगरेको बारेमा निगरानी गर्न सबै सुरक्षाकर्मीलाई निर्देशन दिईएको छ ।

निर्देशन अनुसार ट्राफिक प्रहरी कार्यालय नेपालगंजले पनि भारतबाट नेपाल प्रवेश गरेका सबै नागरिकमाथी कडा निगरानी गर्न थालेको हो ।

ट्राफिक प्रहरीले मुखमा मास्क नलगाई हिँडेकालाई रोकेरै मास्क लगाउन अनुरोध गरिराखेको जनाएको छ ।

हेर्नुहोस छोटो भिडियो ।।

https://youtu.be/mTOeDmkiujE

Next Post

लकडाउन भन्दा टेष्ट, जनशक्ति, स्वास्थ्य उपकरण ब्यवस्थापनमा जोड गरौं : डाक्टर राजेश कुमार मन्डल

२०७८ बैशाख २, बिहीबार ११:१४
संवाददाता, नेपालगंज । भेरी अस्पताल नेपालगंजमा कार्यरत कन्सल्टेन्ट फिजिसियन डाक्टर राजेश कुमार मन्डलले कक्षा ५ सम्मका बालबालिकाहरुको विदा गरी सोभन्दा माथील्लो कक्षामा स्वास्थ्य सुरक्षा सावधानी अपनाउदै कक्षा संञ्चालन गर्न सकिने विचार ब्यक्त गर्नुभएको छ । रेडियो मर्निङ्ग स्टार ९० मेगाहर्ज सँग कुराकानी गर्नुहुदै डाक्टर राजेशले भन्नुभयो, ‘एउटा बेन्चमा दुई जना मात्र […]