६३४ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा मात्र २१६ जना

  ।   २०७७ भाद्र ६, शनिबार १६:३०

नेपालगन्ज । पछिल्लो २४ घण्टामा ६३४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १२५१९ स्वाब परीक्षण गर्दा उपत्यकामा मात्र २१६ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौं जिल्लामा १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जना छन् ।

यससँगै कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ ।

Next Post

कोरोना भाइरसको महामारी दुई वर्षभित्र नियन्त्रणमा आउने

२०७७ भाद्र ६, शनिबार १६:३०
एजेन्सी। कोरोना भाइरस दुई वर्ष सम्ममा अन्त्य हुन सक्ने अनुमान गरिएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख डा। टेड्रोस एड्हानोम गेब्रेयससलले महामारी दुई वर्षभित्र नियन्त्रणमा आउने आफूले आशा गरेको बताउनुभएको हो । शुक्रवार जेनेभामा बोल्दै डब्ल्यूएचओका महानिर्देशक डा। टेड्रोसले सन् १९१८ को स्प्यानिश फ्लू दुई वर्षमा नियन्त्रणमा आएको […]