नेकपा माओवादी केन्द्रका ३ भाइको दौड रोकिएको छैन

तिनै जना उम्मेदवारी पाउने आशामा

  ।   २०७८ चैत्र १९, शनिबार २२:२१

नेपालगन्ज । कम्युनिस्ट राजनीतिमा लामो समय देखि लाग्नु भएका नवीन शर्माले नेपालगन्ज उपमहानगरपालिकाको मेयरको उम्मेदवारीमा दावी गर्दै आउनु भएको छ । नेकपा माओवादी केन्द्रबाट आफ्नो उम्मेदवारी जबर्जस्त रुपमा अगाडि बढेको नेता शर्मा बताउनु हुन्छ । उसो त नेकपा माओवादी केन्द्रबाट २ जना अरुले पनि नेपालगन्ज उपमहानगरपालिकाको मेयर पदको दावी गर्दै आएका छन् ।

नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका सहसचिव नन्दलाल वैश्य, लुम्बिनी प्रदेश सदस्य आदेश अग्रवालले पनि आफ्नो प्रचार प्रसार गर्दै आएको पाइन्छ । नेपालगन्ज उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष समेत रहनु भएका वैश्य पार्टीको निर्णयलाई आफुले मान्ने बताउनु हुन्छ त्यस्तै अर्का दाबेदार अग्रवालको पनि त्यस्तै भर्सन बाहिर आएको छ ।

नेता शर्माको भने फरक धारणा रहेको छ । नेता शर्मा भन्नुहुन्छ,´ विध्यार्थी काल देखि कम्युनिस्ट आन्दोलनमा लागेको, माओवादी आन्दोलन भुमिगत हुँदै जनताको सेवामा पुरा समय पार्टीलाई दिदै आएकोले पनि मेरो उम्मेदवारी जबर्जस्त छ र पार्टीले सहि मुल्यांकन गर्छ ।`  ज्यानको प्रवाह नगरेर जनताको सेवामा लागेको मुल्यांकन पार्टीले गर्छ भन्दै नेता शर्मा चुनावी दौड धुपमा लागेको बताउनु हुन्छ । बिहान देखि राती १२ बजे सम्म आन्तरिक चुनावी प्रचारमा मैदानमा नेता शर्मा हुनुहुन्छ भने त्यस्तै अर्का वैश्य र अग्रवाल पनि पार्टीका नेता फकाउन देखि जनताको दैलोमा जाने गरेका देखिन्छन् । टिकट कसको हातमा पर्छ त्यो भने हेर्न बाँकि नै छ ।

गठबन्धन भएपछि कसको भागमा नेपालगन्ज पर्छ त्यो हेर्न भने बाँकि नै छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाज बादी पार्टीले आफुहरु बलियो भएको भन्दै आ-आफ्नो दाबी गर्दै आएका छन् । गठबन्धन केन्द्रले कस्तो भागबन्डा गर्छ हेर्न बाँकि नै छ । जे जस्तो भएपनि जनताले भारी मतले जिताउने आशा नेता शर्माको छ । नेकपा माओवादी केन्द्र नेपालगन्जका ३ प्रत्यासी मध्य शर्मा पुराना नेता हुन । जनता सामजबादी र नेकपा एमालेले आफ्ना उम्मेदवार बाहिर ल्याइसकेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजबादीले आफ्ना उम्मेदवारको टुंगो लगाएको छैन । टिकटका लागि नेताहरूको दौडधुप निकै छ ।

Next Post

अस्ट्रेलियाले जित्यो एकदिवसीय महिला विश्वकपको उपाधि

२०७८ चैत्र १९, शनिबार २२:२१
संवाददाता । एकदिवसीय महिला विश्वकपको उपाधि अस्ट्रेलियाले जितेको छ । लगातार सातौँपटक उपाधि जित्ने क्रममा अस्ट्रेलियाले इंग्ल्यान्डलाई ७१ रनले पराजित ग¥यो । फाइनलमा अस्ट्रेलियाले एतिहासिक रुपमा एक दिवसिय विश्वकप फाइनलकै उच्च ३ सय ५७ रनको लक्ष्य इंग्ल्यान्डसामु दिएको थियो । जवाफमा इंग्ल्यान्ड २ सय ८५ रनमा अलआउट भयो । क्राइस्ट […]