बाँकेमा कोरोना संक्रमित संख्या दुई हजार ५५४ पुग्यो, ६२९ जना सक्रिय संक्रमित

  ।   २०७७ आश्विन २८, बुधबार २१:०९

 

बाँके । बाँके जिल्लामा हरेक दिन नोबेल कोरोना भाइरस (कोभिड– १९) का बिरामीहरु बढ्दै गएका छन् । यसैबीच जिल्लामा बुधबार २८ जनामा कोरोना पुष्टि भएको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले जनाएको छ ।

फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा २१ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा गरिएको परिक्षणमा ५ जना र बागेश्वरी डाइग्नोष्टिकको प्रयोगशालामा गरिएको परिक्षणमा २ जना गरी २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै जिल्लामा कोरोनाबाट संक्रमित हुनेको संख्या दुई हजार ५५४ पुगेको छ । जसमध्ये जिल्ला भित्रका २६ र जिल्ला वाहिरका यस जिल्लामा १२ जना गरि ३८ जनाको कोरोनबाट मृत्यु भएको छ । संक्रमित मध्ये एक हजार ८९९ निको भएर डिस्चार्ज भइसकेका छन ।

जिल्लाभर हाल ६२९ जना सक्रिय संक्रमित रहेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

Next Post

Datta Prasad Acharya is the president of the children's organization

२०७७ आश्विन २८, बुधबार २१:०९
Datta Prasad Acharya, a young leader of NCP-Banke, has been elected as the president of Nepal Children’s Organization Banke. The Ministry of Women, Children and Senior Citizens has selected Acharya as the chairperson of the ad hoc committee of the organization. The ministry is also going to formulate working procedures […]