मुस्लिम समुदायको रमजान सुरु, अध्यक्ष शाहद्वारा शुभकामना व्यक्त

  ।   २०८० फाल्गुन २९, मंगलवार ०९:५४

बाँके । बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले इस्लाम धर्मावलम्बीको महानपर्व रमजानको अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त मुस्लिम समुदायमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नु भएको छ ।

रमजानका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले यस पर्वले आपसी सहिष्णुता, बन्धुत्वको भावना विकास गर्दै धार्मिक सांस्कृतिक सद्भाव र भातृत्वको विकास गर्न सबैलाई प्रेरणा दिने उल्लेख गर्नु भयो ।

अध्यक्ष शाहले सन्देशमा भन्नुभएको छ, “बहुधार्मिक, बहुसाँस्कृतिक, बहुभाषिक, बहुजातीय समुदाय र भौगोलिक विविधता हाम्रो देशका पहिचान हुन्, हाम्रो संविधानले सबै धर्म, भाषा, संस्कृति, सम्प्रदाय, जाति र भूगोलको समान अस्तित्वलाई स्वीकार गरेको छ ।”

सन्देशमा नेपाली विविध धर्म, संस्कृति, चाडपर्व र परम्पराका धनी रहेको उल्लेख गर्दै उहाँले यहीँ विविधताले नै विश्वमै नेपालको विशिष्ट र अलग्गै पहिचान स्थापित भएको बताउनु भयो । सन्देशमा भनिएको छ, “यस्ता चाडपर्व र संस्कृतिहरुले नेपालीहरुको राष्ट्रिय एकतालाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दछन्, यहीँ विविधताभित्र रहेको इस्लाम धर्मावलम्बीहरुको विशेष पर्व रमजान पनि एक रहेको छ ।

Next Post

राष्ट्रप्रति समर्पित युवा देशका लागि पहिलो आवश्यकता : प्रधानमन्त्री

२०८० फाल्गुन २९, मंगलवार ०९:५४
काठमाडौँ, । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिँदो विश्व परिवेशमा अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताउनुभएको छ । राष्ट्रिय सेवा दलद्वारा सञ्‍चालित १८औँ ब्याच सिनियर डिभिजन तालिमको दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले युवाको पहिलो कर्तव्य राष्ट्रको सेवा हुने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले युवा सशक्तिकरण […]