काठमाडौं । कोभिड– १९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने २५७ जनालाई २५ हजार ७ सय रुपैयाँ जरिवाना गरिएको छ । प्रहरीले निषेधाज्ञा उल्लंघन गरेको भन्दै जरिवाना गरेको हो ।
स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने ११ हजार ८९७ जनालाई रोकी सम्झाई बुझाई छाडिएको प्रहरीले जनाएको छ ।
देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको २९९ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत ५८ हजार २८२ जनालाई सचेत गराइएको छ ।
कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि स्थानीय जिल्ला प्रशासनहरुले निषेधाज्ञा तथा स्वास्थ्य सुरक्षा मापदण्ड लागु गर्दै आएका छन् । -बाह्रखरी