नेपालगन्जका व्यवसायी धामीको तत्काल रिहाईको माग गर्दै उद्योग व्यवसायी संघ बाँकेले निकाल्यो विज्ञप्ति

सहजीकरण गर्न जानुभएका व्यवसायी धामीलाई रिहाई नगरे आन्दोलनमा जाने- व्यवसायी

  ।   २०७९ भाद्र २, बिहीबार ००:२३

नेपालगन्ज । व्यवसायीका अगुवा टंक बहादुर धामी पक्राउ परेपछि उद्योग व्यवसयी संघ बाँकेको ध्यानाकर्षण भएको छ । उद्योग व्यवसायी संघ बाँकेले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै धामीको पक्राउ प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रेस विज्ञप्तिमा भनिएको छ, ´ मिति २०७९/४/२९ गते नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ घरबारी टोलका व्यवसायीहरुलाई राजश्व अनुसन्धान कार्यालय कोहलपुरबाट खटी आएको टोलीले सुनियोजित तरिकाबाट पसल भित्र पसी व्यवसायीलाई कुनै जानकारी नदिइ एक्कासि जवरजस्ती छापा मारी ब्यपारीहरुलाई आतंकित गर्ने गरेको सो कार्यमा व्यवसायीलाई सहजीकरण गर्न पुग्नु भएका हाम्रा यस संगठनका केन्द्रिय प्रतिनिधि श्री टंक बहादुर धामीलाई पक्राउ गरेको हुँदा उक्त कार्यको घोर भत्सर्ना गर्दै गम्भीर आपत्तिका साथ उद्योग व्यवसायी संघ बाँकेको गम्भीर ध्यानाकर्षण भएको छ ।`

प्रेस विज्ञप्ति जारी गर्दै उद्योग व्यवसायी संघ बाँकेका अध्यक्ष तेज प्रसाद रेग्मीले निर्दोष टंक धामीलाई तत्काल रिहा गर्न माग गर्नु भएको छ । अध्यक्ष रेग्मी र महासचिव दशरथ चन्द द्वारा हस्ताक्षरित संयुक्त प्रेस विज्ञप्तिमा लामो समयदेखि बाँकेका व्यवसायीहरुलाई धम्क्याउने, हतोत्साहित गर्ने, मनोबल गिराउने जस्ता काम गर्दै आएकोले सो काम रोकी व्यवसायीलाई आनन्द संग व्यवसाय गर्न सक्ने वातावरणको सिर्जना गरियोस् भन्दै तत्काल धामीलाई बिनासर्त रिहा नगरे आन्दोलनमा जाने समेत बताइएको छ । नेपालगन्ज उद्योग बाणिज्य संघका प्रवक्ता समेत रहनु भएका व्यवसायी धामीले सहजीकरण गर्न खोज्दा खोज्दै  उल्टै धामीलाई फसाउन खोजिएको प्रति आपत्ति नेपालगन्ज व्यवसायीहरुले जनाएका छन् ।      प्रेस विज्ञप्तिको पूर्णपाठ…………………………

Next Post

तिज नृत्य प्रतियोगितासँगै फेसन सो र मिसेस नेपालगन्जको अडिसन भोली देखि

२०७९ भाद्र २, बिहीबार ००:२३
नेपालगन्ज । अहिलेसम्मकै ठुलो राशी पुरस्कार भएको तिज नृत्य प्रतियोगिता सगै फेसन सो र मिसेज नेपालगन्जको अडिसन भोली देखि नेपालगन्जमा सुरु हुने भएको छ ।                                            अवध मिडिया ग्रुप प्रा.लि […]