तिज नृत्य प्रतियोगितासँगै फेसन सो र मिसेस नेपालगन्जको अडिसन भोली देखि

अहिलेसम्मकै ठूलो राशीको पुरस्कार

  ।   २०७९ भाद्र २, बिहीबार ००:३८

नेपालगन्ज । अहिलेसम्मकै ठुलो राशी पुरस्कार भएको तिज नृत्य प्रतियोगिता सगै फेसन सो र मिसेज नेपालगन्जको अडिसन भोली देखि नेपालगन्जमा सुरु हुने भएको छ ।                                            अवध मिडिया ग्रुप प्रा.लि द्धारा सन्चालित जी नेपाल फोरके टेलिभिजनले ५१ हजार पुस्कार राशीको तिज नृत्य प्रतियोगिता सगै फेसन सो र मिसेज नेपालगन्ज आयोजना गर्न लागेको हो । सो प्रतियोगितामा गृहणी महीलाहरुले मात्र भाग लिन पाउने टेलिभिजन सन्चालन आशिष गुप्ताले जानकारी दिनुभयो । घरको काममा मात्र सधै ब्यस्त रहेने गृहणी महीलाहरुलाई लक्षित गरि आयोजना गरिएको प्रतियोगिताको अडिसन सिद्धार्थ कटेज नेपालगन्ज , मेरो प्लानेट नेपालगन्ज ,खजुरा मिनि पार्क र कोहलपुरको सेन्टर प्लाजामा हुने गुप्ताले जानकारी दिनुभयो । उहाँका अनुसार सो प्रतियोगितामा नृत्य र फेसन सगै मिसेस नेपालगन्ज बिधाका फस्ट रनर अपले ५१ हजार , सेकेन्ड रनर अपले ३१ हजार , थर्ड रनर अपले २१ हजार पुरस्कार र गिफ्ट ह्याम्पर पाउनेछन् । नृत्य सम्बन्धि यो सबैभन्दा ठुलो राशी पुरस्कारको प्रतियोगिता भएको समेत उहाले दावी गर्नुभयो ।                                                                       

Next Post

कतार च्यारिटिद्धारा खजुराका कृषक समुहलाई समरसेवल ट्युबवेल जडान

२०७९ भाद्र २, बिहीबार ००:३८
नेपालगञ्ज । बाँके युनेस्को क्लबले कतार च्यारिटी नेपालको सहयोगमा बाँकेका विपन्न कृषक सहमुहरुलाई कृषि उत्पादकत्वमा वृद्धि गरी खाद्य सुरक्षा र गरिबी निवारण सुनिश्चित गर्ने उद्देश्यले ६ वटा समरसेवल ट्युबवेल जडान गरेको छ । क्लबले कतार च्यारिटीको साझेदारीमा सञ्चालित साना सिँचाइ सहयोग परियोजना अन्तर्गत खजुरा गाउँपालिकाका ६ वटा कृषक समुहलाई सिंचाईको […]