रन्जित कुमार चौधरी
बाँके । बाँकेको नरैनापुर गाउँपालिका वडा नं ५ को जमुनहा गाउँमा आगलागी भएको छ । आज (आइतबार)बिहान १२ बजे भएको आगलागीमा ११ जनाको घर १ गोठ जलेर नष्ट भएको छ । स्थानीय केशव यादवको गोठबाट सुरु भएको आगलागी जब्बर खाँ,रन्जु यादव, बिहारी लाल कुम्हर,सलमान खाँ,राज करण कुम्हार लगायत ११ जनाको घर र फकिरे खाँको गोठमा पूर्ण क्षति भएको भगवानपुरका प्रहरी निरिक्षक राजनरायमा जीले बताउनुभयो । आगलागीका कारण १७ लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी, गाउँपालिकाको दमकल, नेपालगञ्जको दमकल र स्थानीयहरूको सहयोगमा आगलागी नियन्त्रणमा लिएको प्रहरी निरिक्षक राजनरायमाजीले बताउनुभयो । १२ बजे सुरु भएको आगलागी ३ बजे नियन्त्रणमा आएको थियो । आगलागी भएको जानकारी पाउने बित्तिकै नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहल दमकल लिएर आगो नियन्त्रण गर्न पुग्नु भएको थियो । अध्यक्ष शाहले समयमै घटना स्थलमा पुगेर आगो नियन्त्रणमा लिएकोले मानवीय क्षति नभए पनि क्षतिको यकिन विवरण सङ्कलन गर्ने कार्य भइरहेको बताउनु भयो । पिडितहरुलाई पालिकाका तर्फबाट सहयोग गर्ने तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताउनु भयो ।
नरैनापुरमा फुसको छानो बढी भएको र बस्ती एकदम घना भएकोले गर्मी महिनामा हरेक बर्ष दर्जनौ आगलागीको घटना हुने गरेको छ ।