१६ औं गणतन्त्र दिवस

  ।   २०८० जेष्ठ १५, सोमबार १३:४३

संवाददाता ।

महान् उत्सवका रूपमा आज मुलुकभर विविध कार्यक्रमको आयोजना गरी १६ औँ गणतन्त्र दिवस मनाईएको छ ।

नेपाली जनताको लामो बलिदान र सङ्घर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि यो दिवस मनाइने गरिएको छ । दिवसका अवसरमा देशभर विविध कार्यक्रम सम्पन्न गरिएको छ ।

फोटो गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित औपचारिक समारोहमा हेलिकप्टरमा गणतन्त्र लेखिएको तुल फहराइँदै ।

Next Post

रेशम चौधरी जेलबाट रिहा

२०८० जेष्ठ १५, सोमबार १३:४३
संवाददाता, काठमाडौं । कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशम चौधरी जेलबाट रिहा हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा कैद सजाय माफी दिएपछि रेशम जेलबाट मुक्त हुनुभएको हो । मन्त्रिपरिषद्ले आइतबार बिहानै रेशमको करिब १५ वर्ष कैद सजाय माफी गर्न […]