रेशम चौधरी जेलबाट रिहा

  ।   २०८० जेष्ठ १५, सोमबार १४:०५

संवाददाता, काठमाडौं ।

कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशम चौधरी जेलबाट रिहा हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा कैद सजाय माफी दिएपछि रेशम जेलबाट मुक्त हुनुभएको हो । मन्त्रिपरिषद्ले आइतबार बिहानै रेशमको करिब १५ वर्ष कैद सजाय माफी गर्न सिफारिस गरेको थियो ।

पाँच वर्ष ३ महिना जेल सजाय काट्नुभएका चौधरीको १४ वर्ष ९ महिना जेल सजाय माफी भएको हो । रेशमलाई लिन उहाँका बुबा र आमा डिल्लीबजार कारागार पुग्नुभएको थियो । उहाँको स्वागतका लागि नउपाका नेता कार्यकर्ता शुभेच्छुक डिल्लीबजार कारागार पुगेका थिए । रेशमलाई फूलमालाले भव्य स्वागत गरिएको छ ।

२०७२ भदौ ७ मा टीकापुरमा भएको प्रदर्शन हिंसात्मक झडपमा परिणत हुँदा ८ प्रहरी र एक नाबालकको ज्यान गएको थियो । रेशमलाई जन्मकैदको सजाय हुने गरी कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले गरेको फैसलालाई सर्वोच्च अदालतले जेठ २ मा सदर गरेको थियो ।

रातोपाटीबाट

Next Post

नयाँ बजेट भाषण शुरु (LIVE)

२०८० जेष्ठ १५, सोमबार १४:०५
संवाददाता, काठमाडौँ । आर्थिक वर्ष २०८०-०८१ को बजेट भाषण शुरु भएको छ । आज अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गरिरहनुभएको छ ।