नेपालगन्ज । नेकपा एमाले बाँकेका प्रचार विभाग सचिव तथा जिल्ला कमिटि सदस्य गजेन्द्र गुरुङ माओवादी केन्द्रमा फर्किएका छन । बिहिबार एक विज्ञप्ती जारी गर्दै गुरुङले नेकपा माओवादी केन्द्रको आस्थावान संगठन प्रेस संगठन नेपालमा फर्किने घोषणा गर्नु भएको हो ।
सर्वोच्च अदालतबाट नेकपा खारेजभएसँगै एमालेमा सक्रिय हुँदै आएका गुरुङले एमालेको संगठन संचालन प्रक्रिया चित्त नबुझेको भन्दै आफ्नो पुरानो घरमा फर्किएको विज्ञप्ती मार्फत जानकारी दिनु भएको छ । माओवादी केन्द्र र एमाले एकिकरणपछि गठन भएको नेकपामा आवद्ध हुनु अगाडी उहाँ नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर बाँकेमा आवद्ध हुनुहुन्थ्यो ।
एमालेभित्रको आन्तरीक किचलो र ब्यक्तिवादी प्रवृत्तिका कारण उक्त पार्टीमा बसेर काम गर्न नसक्ने निश्कर्षमा पुगेको उल्लेख गर्दै गुरुङले कुशल नेतृत्व र बिचार सहितको नेकपा माओवादी केन्द्रको आस्थावान संगठन प्रेस संगठन नेपालमै फर्किएको जनानु भएको हो ।
बिहिबार विज्ञप्ती जारी गर्दै पुरानै घरमा फर्किएको घोषणा गर्नु भएका गुरुङलाई प्रेस संगठन नेपालका केन्द्रिय सदस्य प्रदिप वाग्ले, केन्द्रिय अनुशासन विभाग सदस्य सुशील लामिछाने, प्रदेश सदस्य शिव सुनार, जिल्ला संयोजक डक्ट प्रसाद धिताल, सहसंयोजक राजेश आचार्य, संगठनका नेता आलम खान, संगिन शर्मा लगाएत द्वारा खादा ओढाएर स्वागत गरिएको छ ।