वरिष्ठ पत्रकार सिराज खानलाई पर्यटन प्रवर्धन पुरस्कार प्रदान

  ।   २०७९ जेष्ठ २८, शनिबार ०५:२२

वरिष्ठ पत्रकार सिराज खानलाई पर्यटन प्रवर्धन पुरस्कार प्रदान
नेपालगञ्ज । पर्यटनको प्रवर्धन र विकासका लागि निरन्तर कलम चलाएको भन्दै वरिष्ठ पत्रकार तथा गोरखापत्र दैनिकका नेपालगञ्ज समाचारदाता सिराज खानलाई पर्यटन पर्वधन पुरस्कार २०७७ बाट सम्मानित गरिएको छ ।

पाँच हजार रुपियाँ नगद राशी सहितको सो पुरस्कार होटल व्यवसायी संघको शुक्रवार नेपालगञ्जमा भएको १८ औं साधारणसभा र १० औं जिल्ला अधिवेसनको उदघाटन समारोहमा प्रदान गरिएको हो ।
होटल व्यवसायी महासंघ नेपालका केन्द्रिय अध्यक्ष हिराध्वज शाह, लुम्बिनी प्रदेशका अध्यक्ष भाष्कर काफ्ले र होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिम कँडेलले संयुक्त रुपमा सो पुरस्कार र कदरपत्र पत्रकार खानलाई प्रदान गर्नुभयो ।

यसैगरि पर्यटन पर्वधन पुरस्कार २०७७ बाट सम्मानित हुने अन्य पत्रकारहरुमा कान्तिपुर दैनिकका नेपालगञ्ज संवाददाता रुपा गहतराज, जी नेपाल टीभिका प्रबन्ध निर्देशक आषिस गुप्ता र महिला पत्रकार रुपनी जिएम समेत रहनु भएको छ । सो कार्यक्रममा सफल व्यवसाय गर्ने विभिन्न होटल व्यवसायी र अधिवेसनमा सहयोग गर्ने विभिन्न व्यवसायीक प्रतिष्ठानहरुलाई पनि सम्मानित गरिएको थियो ।

अधिवेसन र साधारणसभामा बोल्ने अधिकांश वक्ताले कोभिड महामारीका कारण दुई वर्षदेखि होटल व्यवसाय सबैभन्दा बढी मारमा परेकोले सो व्यवसायलाई पुनः माथि उकास्न सरकारले विशिष राहात कार्यक्रम ल्याउनु पर्ने माग गरेका थिए ।

Next Post

बर्दियामा प्रचण्ड : भुईँमा पलेँटी कसेर खाना र प्रशिक्षण

२०७९ जेष्ठ २८, शनिबार ०५:२२
संवाददाता । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी कामका सिलशिलामा आज बर्दिया पुग्नुभएको छ । त्यसक्रममा प्रचण्डले स्थानीय कार्यकर्ताको घरमा पुगेर सँगै खाना समेत खाएको तस्बिर सार्वजनिक भएको छ । प्रचण्डले कार्यकर्ताहरूसँग भुईँमै बसेर पलेँटी कसेर खाना खाँदै गरेको तस्बिर छोरी समेत रहनुभएका स्वकीय सचिव गंगा दाहालले फेसबुकमार्फत […]