संवाददाता ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी कामका सिलशिलामा आज बर्दिया पुग्नुभएको छ । त्यसक्रममा प्रचण्डले स्थानीय कार्यकर्ताको घरमा पुगेर सँगै खाना समेत खाएको तस्बिर सार्वजनिक भएको छ ।
प्रचण्डले कार्यकर्ताहरूसँग भुईँमै बसेर पलेँटी कसेर खाना खाँदै गरेको तस्बिर छोरी समेत रहनुभएका स्वकीय सचिव गंगा दाहालले फेसबुकमार्फत तस्बिर सार्वजनिक गर्नुभएको हो ।
स्थानीय कार्यकर्ताको घरमा खाना खाएपछि प्रचण्ड नेकपा (माओवादी केन्द्र) बर्दिया जिल्ला समन्वय समितिद्वारा आयोजित वैचारिक तथा राजनैतिक प्रशिक्षणमा सहभागी हुनुभएको छ ।
प्रशिक्षण कार्यक्रममा पनि कुर्सी बिनाको मञ्चमा बसेर अध्यक्ष प्रचण्डले नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिनुभएको छ । यसअघिका कार्यक्रममा प्रचण्ड मञ्चमा सोफामा बस्ने गरे पनि बर्दियामा भने फरक दृश्य देखिएको छ ।
प्राय : कम्युनिष्टको कार्यक्रममा मञ्च, आशन तथा कुर्सी राख्नु कम्युनिष्टको सिद्धान्त विपरीत हुने भनिएपनि नेपालका कम्युनिष्ट पार्टीका कार्यक्रममा आरामदायी आशन, भव्य मञ्च हुने गरेका छन् । #प्रचण्ड_बर्दिया