बर्दियामा प्रचण्ड : भुईँमा पलेँटी कसेर खाना र प्रशिक्षण

  ।   २०७९ जेष्ठ ३०, सोमबार १६:०४

संवाददाता ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी कामका सिलशिलामा आज बर्दिया पुग्नुभएको छ । त्यसक्रममा प्रचण्डले स्थानीय कार्यकर्ताको घरमा पुगेर सँगै खाना समेत खाएको तस्बिर सार्वजनिक भएको छ ।

प्रचण्डले कार्यकर्ताहरूसँग भुईँमै बसेर पलेँटी कसेर खाना खाँदै गरेको तस्बिर छोरी समेत रहनुभएका स्वकीय सचिव गंगा दाहालले फेसबुकमार्फत तस्बिर सार्वजनिक गर्नुभएको हो ।

स्थानीय कार्यकर्ताको घरमा खाना खाएपछि प्रचण्ड नेकपा (माओवादी केन्द्र) बर्दिया जिल्ला समन्वय समितिद्वारा आयोजित वैचारिक तथा राजनैतिक प्रशिक्षणमा सहभागी हुनुभएको छ ।

प्रशिक्षण कार्यक्रममा पनि कुर्सी बिनाको मञ्चमा बसेर अध्यक्ष प्रचण्डले नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिनुभएको छ । यसअघिका कार्यक्रममा प्रचण्ड मञ्चमा सोफामा बस्ने गरे पनि बर्दियामा भने फरक दृश्य देखिएको छ ।

प्राय : कम्युनिष्टको कार्यक्रममा मञ्च, आशन तथा कुर्सी राख्नु कम्युनिष्टको सिद्धान्त विपरीत हुने भनिएपनि नेपालका कम्युनिष्ट पार्टीका कार्यक्रममा आरामदायी आशन, भव्य मञ्च हुने गरेका छन् ।  #प्रचण्ड_बर्दिया

रातोपाटी डटकमबाट

Next Post

फिफा विश्वकपमा सहभागी हुने सबै ३२ टिमको टुंगो

२०७९ जेष्ठ ३०, सोमबार १६:०४
संवाददाता । इन्टरकन्टिनेन्टल प्ले–अफमा कोस्टा रिकाले न्यूजिल्यान्डलाई १–० ले पराजित गरेर कतारमा हुने फिफा विश्वकप २०२२ मा स्थान बनाएसँगै विश्वकपमा सहभागी हुने सबै ३२ टिमको टुंगो लागेको छ । सहभागी ३२ टिमलाई ८ समूहमा विभाजन गरिएको छ । जसअनुसार समूह ‘ए’ मा आयोजक कतारसँगै इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स रहेका छन् […]