प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले आज देशभर प्रदर्शन गर्ने

  ।   २०७७ पुष १३, सोमबार ०८:४९

काठमाण्डौ । प्रतिनिधिसभा विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभर प्रदर्शन गर्दैछ ।

एक सय ६५ वटा निर्वाचन क्षेत्रमा प्रदर्शन गर्न लागिएको कांग्रेसले जनाएको छ । कांग्रेसकाअनुसार हरेक सङ्घीय निर्वाचन क्षेत्रमा विरोध र्‍याली र सभा हुनेछ ।

विभिन्न निर्वाचन क्षेत्रमा दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । सभापति शेरबहादुर देउवाले भक्तपुरको मध्यपुर थिमिमा आयोजना हुने सभालाई सम्बोधन गर्नुहुने भएको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँमा हुने सभालाई सम्बोधन गर्नुहुनेछ ।

महामन्त्री डा।शशांक कोइरालाले नवलपुरमा, प्रकाशमान सिंहले बानेश्वरमा, प्रवक्ता विश्वप्रकाश शर्माले कोटेश्वरमा र गगन थापाले नेपालगञ्जमा हुने सभालाई सम्बोधन गर्ने कांग्रेसले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

केपी शर्मा ओली ‘क्रान्तिकारी हुन की, कायर’ : गगन थापा

२०७७ पुष १३, सोमबार ०८:४९
संवाददाता, नेपालगंज । नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली ‘क्रान्तिकारी हुन की, कायर’ सोध्नुहोस भनी सर्वसाधारणलाई आग्रह गर्नुभएको छ । बाँकेको नेपालगंजमा आज नेपाली काग्रेंसको कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले प्रधानमन्त्रीलाई अपराधी र राष्ट्रपतिलाई मतियारको संज्ञा दिनुभयो । उहाँले केपी ओलीले जनदेशको अपमान गरेको दाबी गर्नुभयो । […]