डुडुवा–२ बेतहानीमा घरदैलो अभियान : बिष्टसहित नेकपा टोलीले जनमत जुटाउने प्रयास तेज

  ।   २०८२ फाल्गुन ११, सोमबार १०:५४

सबिता चन्द

बाँके । डुडुवा गाउँपालिका वडा नं. २, बेतहानीमा बाँके क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्ट नेतृत्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को घरदैलो अभियान सम्पन्न भएको छ।

घरदैलो अभियानको क्रममा उम्मेदवार बिष्टले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै जनताको सुझाव र समस्या संकलन गर्नुभयो। कृषि, सडक, खानेपानी, स्वास्थ्य, शिक्षा र युवालाई रोजगारी उपलब्ध गराउने विषयमा जनताको माग सुनेर उहाँले ती सबै प्राथमिकताका रूपमा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।कार्यक्रममा डिल्ली बराल (अमिर) ले भन्नुबयो, “डुडुवा–२ को विकास र समृद्धि जनतासँग प्रत्यक्ष संवादबाट मात्र सम्भव छ। हामी यहाँको जनताको आवाज सुन्न र समाधानमा पहल गर्न आएका छौं।”

समानुपातिक उम्मेदवार कालिमिया कस्मिरा र जामिया खातुनले पनि स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै युवाहरूलाई शिक्षित, अनुशासित र सक्रिय नागरिक बन्न प्रेरित गर्ने उद्देश्य राखेका थिए।बेतहानीमा देखिएको उत्साह र सहभागिताले उम्मेदवार बिष्टको चुनावी अभियानमा सकारात्मक ऊर्जा थपेको विश्लेषकहरू बताउँछन्। महिलाहरू, युवाहरू र ज्येष्ठ नागरिकहरूको सक्रिय उपस्थितिले अभियानलाई अझ जीवित बनाएको थियो।

उम्मेदवार बिष्टले भन्नुभयो, “बेतहानीका हरेक घरका सुझाव र माग मेरो प्राथमिकतामा पर्नेछन्। हामी केवल प्रचारका लागि होइन, काम गरेर देखाउने नेतृत्वको पक्षमा छौं।”यसरी डुडुवा–२ मा सम्पन्न घरदैलो अभियानले नेकपा टोलीको जनमत जुटाउने प्रयासलाई थप सशक्त बनाएको छ र चुनावी प्रतिस्पर्धामा बिष्टको पृष्ठभूमि अझ बलियो भएको संकेत दिएको छ।

सो कार्यक्रममा लुम्बिनी प्रदेश सचिवालय सदस्य डिल्ली बराल (अमिर), समानुपातिक उम्मेदवार कालिमिया कस्मिरा, जामिया खातुन लगायतका नेता–कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

Next Post

“जनताको विश्वास, मेरो प्रतिबद्धता”- दिपेन्द्र बिष्ट

२०८२ फाल्गुन ११, सोमबार १०:५४
बाँके क्षेत्र नं. २ को चुनावी माहोल चर्किंदै जाँदा चर्चाको केन्द्रमा रहनुभएका युवा उम्मेदवार हुनुहुन्छ— दिपेन्द्र बिष्ट । सफल उद्यमी पृष्ठभूमि, समाजसेवामा सक्रियता, खेलकुदप्रतिको लगाव र जनतासँग प्रत्यक्ष संवाद गर्ने सरल शैलीका कारण उहाँ छोटो समयमै मतदाताको भरोसाको पात्र बन्नुभएको छ। घरदैलो अभियानदेखि जनताको खेतबारी र टोलटोलसम्म पुगेर समस्या सुन्ने […]