राष्ट्रपतिद्वारा अर्थमन्त्रीमा जनार्दन शर्मा नियुक्त

  ।   २०७९ श्रावण १५, आईतवार १७:१३

नेपालगन्ज । राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई अर्थमन्त्री नियुक्त गरेकी छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई मन्त्री पदमा नियुक्त गरेको उल्लेख छ ।

मन्त्री नियुक्तपछि हाल प्रधानमन्त्रीले सम्हाल्दै आएको अर्थ मन्त्रालयको जिम्मेवारी शर्मालाई दिइएको विज्ञप्तिमा उल्लेख छ।  आजै नेकपा माओवादी केन्द्रले जनार्दन शर्मालाई फेरि अर्थमन्त्री बनाउने निर्णय गरेको थियो । सो निर्णयअनुसार पार्टी अध्यक्ष प्रचण्डले आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई अर्थमन्त्री बनाउन सिफारिस गरेका थिए ।

बजेट निर्माणका क्रममा करका दर हेरफेरमा भूमिका खेलेको आरोपमा संसदीय छानविन समिति गठन भएपछि शर्माले राजीनामा दिएका थिए । तर, संसदीय छानबिन समितिले शर्मालाई निर्दोष ठहर गरेको थियो । (रातोपाटी) 

Next Post

दुर्गम होइन शिक्षा र स्वास्थ्य क्षेत्रको हब बनाउछौं- अध्यक्ष शाह

२०७९ श्रावण १५, आईतवार १७:१३
दुर्गम होइन शिक्षा र स्वास्थ्य क्षेत्रको हब बनाउछौं- अध्यक्ष शाह बाँके । बाँकेको पूर्वी क्षेत्रमा पर्ने नरैनापुर गाँउपालिकामा शिक्षा, स्वास्थ्य, यातायात र कृषि प्रमुख समस्या छन् । यी सबै समस्यालाई प्राथमिकताका आधारमा कार्य विभाजन गरेर काम गर्ने योजना तयार भएको नरैनापुर गाँउपालिकाका प्रमुख इश्तियाक अहमद शाह बताउनुहुन्छ । “आन्तरिक आय […]

सम्बन्धित शीर्षक