बिरेन्द्रनगरमा गाडी दुर्घटनामा परि ६ जना घाइते

  ।   २०८० पुष १२, बिहीबार ११:५३

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका अन्तर्गत सुब्बा कुना नजिक फोर्स गाडी दुर्घटना भएको छ ।

वीरेन्द्रनगरबाट–नेपालगन्जतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ख०१०० नम्बरको फोर्स गाडी बिहीबार बिहान दुर्घटनामा परेको हो । उक्त दुर्घटनामा परी ६ जना यात्रुहरू घाइते भएको प्रहरीले जनाएको छ ।

गाडी अनियन्त्रित भई पल्टिएको  र घाइतेहरूको सुर्खेत हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
( रातो पाटी )

Next Post

नेपाल-भारत अन्तर्गत बाँके क्षेत्रमा ७१ सीमास्तम्भ मर्मत

२०८० पुष १२, बिहीबार ११:५३
नेपाल–भारत सीमा अन्तर्गत बाँके जिल्ला क्षेत्रमा पर्ने ७१ वटा सीमास्तम्भको मर्मत सम्भार तथा रङरोगन कार्य सम्पन्न भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बाँके जिल्लासँग जोडिएका ७१ वटा नेपाल–भारत सीमास्तम्भको मर्मतसम्भार तथा रङरोगन कार्य सम्पन्न भएको बताउनुभयो । बाँके जिल्ला अन्तर्गत रहेका कुल ३११ सीमा स्तम्भमध्ये नेपाल सरकारले मर्मत […]