थारु बाहुल्य क्षेत्र घोरपिट्टा गाउँको बरघर कुकारी थारू चयन

  ।   २०७७ माघ २४, शनिबार १७:३६

संवाददाता, बर्दिया
बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर ४ घोरपिट्टा गाउँमा आज सर्वसम्मत रुपमा बरघर चयन गरिएको छ । परम्परागत संस्कार, रितिरीवाज अनुसार गाउँ भेला गरी बरघर चयन गरिएको हो ।

जसको गाउँ बरघरमा कुकारी थारू, मुखिया कृष्ण थारू, अगुवा अतवारी थारू, सहायक बरघर सियाराम थारू, सहायक अगुवा रामबचन थारू, गाउँ गुरूवा भग्गु थारू, चौकिदार दुखराम थारू, पुजारी सन्तु थारू रहनुभएको छ ।

अहिले सर्वसम्मत रुपमा चयन भएका ब्यक्तिहरुको कार्यकाल १ बर्षको हुनेछ ।

थारु बाहुल्य यस क्षेत्रमा २९३ वटा घरधुरी संख्या रहेको छ ।

यहाँ प्रत्येक बर्ष यसैघरी बरघर चयन गर्ने गरिएको बर्दियाबाट संञ्चारकर्मी राज कुमार बिकले जानकारी दिनुभएको छ । बरघर चयन गर्नुअघि आर्थिक बर्ष २०७६-०७७ को आम्दानी, खर्च बारेमा जानकारी गराईएको थियो ।

Next Post

नेपाल मुद्रण उद्योग संघ बाँकेको अध्यक्षमा पौडेल

२०७७ माघ २४, शनिबार १७:३६
कोहलपर । नेपाल मुद्रण उद्योग संघ बाँकेको अध्यक्षमा मिसन मल्टिमिडिया प्रा.लि.का प्रबन्धक, मिसन अपसेट प्रेसका सञ्चालक विनोद पौडेल चयन हुनुभएको छ । शनिबार नेपालगञ्जमा सम्पन्न भएको जिल्ला भेलाले युवा व्यवसायी तथा सञ्चार उद्यमी पौडेललाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । संघको उपाध्यक्षमा विधान न्यौपाने र चिन्तामणि उपाध्याय, सचिवमा नोखराज रावत […]