भारतीय रअ का प्रमुख सामन्तकुमार गोयल र प्रधानमन्त्री केपी शर्मा ओली बीच शिष्टाचार भेट

  ।   २०७७ कार्तिक ६, बिहीबार १४:०७

भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ ।

रअ प्रमुख गोयल बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेटेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ ।

भेटका क्रममा उहाँले नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो धारणा राखेको पनि प्रेस सल्लाहकार थापाले बताउनुभएको छ ।

केही सञ्चारमाध्यममा रअ प्रमुख गोयलले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई पनि भेटेको समाचार प्रकाशित भए पनि त्यसलाई दाहालको सचिवालयले भने खण्डन गरेको छ ।

रअ प्रमुख गोयल बुधबार दिउँसो १ बजे चार्टर्ड विमानबाट त्रिभुवन विमानस्थलमा उत्रिनुभएको थियो । विमानस्थल स्रोतका अनुसार गोयल सोही विमानमा आज बिहान सवा १० बजे नयाँ दिल्ली फर्किनुभएको छ ।

इकान्तिपुरबाट

Next Post

लमही नगरपालिका ५ दाङका ५५ बर्षिय एक पुरुषको मृत्यु

२०७७ कार्तिक ६, बिहीबार १४:०७
कोरोनाको संक्रमण भई उपचारका लागी बाँके आई मृत्यु हुने ब्यक्तिहरुको संख्या १६ जना पुगेको छ । आज मात्रै पनि नेपालगंज मेडिकल कलेज कोहलपुरमा उपचारत लमही नगरपालिका ५ दाङका ५५ बर्षिय एक पुरुषको मृत्यु भएको हो । जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँके (डिसीसीएमसी) ले दिएको जानकारी अनुसार यसअघि उपचार लागी […]