सबिता चन्द
नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी भदौं २ गते हुन गइरहेको निर्वाचनका लागि साउने झरीमा भिज्दै समावेशी प्यानलका उम्मेदवारले आफ्नो मनोनयन दर्ता गरेका छन् भने त्यस अगावै साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहले आजै शुक्रबार छुट्टा-छुट्टै समयमा मनोनयन दर्ता गरेका छन् । समावेशी प्यानलका तर्फबाट अध्यक्षका उम्मेदवार टंकबहादुर धामीले दिउँसो ३ बजे मनोनयन दर्ता गर्नुभएको हो ।
बिहान १० बजे नै मनोनयन दर्ता गर्ने योजना भएपनि साझा समुहका उम्मेदवारहरुले विहानैदेखि संघको कार्यालयमा लाइनमा बसेको देखेपछि आफूहरुको उम्मेदवारी दिउँसो ३ बजे मनोनयन गर्न परेको अध्यक्ष पदका उम्मेदवार धामीले बताउनु भयो । अध्यक्ष पद का उम्मेदवार धामीको मनोनयन दर्ता लगत्तै चिरञ्जीवी ओली उपाध्यक्ष (उद्योग), हरिलाल न्यौपाने उपाध्यक्ष (वाणिज्य), मन्दिरा पाण्डे उपाध्यक्ष (महिला), भिम रानाभाट महासचिव, मदनराज शर्मा उप-महासचिव, सलाउद्दिन जसगढ कोषाध्यक्ष तथा सदस्यका उम्मेदवार इन्दिरा कुमारी शाही, तोपबहादुर थापा, विष्णु श्रेष्ठ, बुद्धिबहादुर बिके, सुदन केसी, शिवराज बर्मा, धर्मेन्द्र सिंह ठटेर, टीकामणि उपाध्याय, डम्बर चन्द, जमालुदिन अन्सारी, कमल कार्की (एशोसियट), राजीव तलङ्गा सदस्य (एशोसियट), फणाधर भण्डारी सदस्य (वस्तुगत) रंगबहादुर खड्का सदस्य (वस्तुगत) लगायतले दिउँसो पुगेर मनोनयन दर्ता गराएका छन् ।
त्यस्तै साझा प्रजातान्त्रिक समुहका अध्यक्ष पदका उम्मेदवार ललितकुमार रौनियारले बिहानै ११ बजेर १५ मिनेटमा मनोनयन दर्ता गर्नुभएको छ । साझा तर्फका अध्यक्षका उम्मेदवार रौनियारको मनोनयन लगत्तै सो समुहका अन्य उम्मेदवार उपाध्यक्ष पदका विश्णुप्रसाद श्रेष्ठ (वाणिज्य), मोहम्मद सफिक बेहना (उद्योग) र करिश्मा योगी (महिला), महासचिवका टंकप्रसाद शर्मा, उप-महासचिव पदका टेकबहादुर खड्का र कोषाध्यक्षका उम्मेदवार मख्खनबहादुर धामीले दर्ता गराएका छन । त्यस्तै सदस्य पदका उम्मेदवार सुनिल भण्डारी, शिवप्रसाद दाहाल, विवेककुमार श्रेष्ठ, सन्तोषकुमार पौडेल, युवराज ढकाल, प्रमोदकुमार अग्रबाल, पदम श्रेष्ठ, कैफुल वरा जोलाहा, अतुल कुमार गुप्ता, बलबहादुर बिष्ट, एशोसियट सदस्य प्रदीपकुमार गुप्ता र पुरुषाेतम अग्रवाल लगायतले पनि दर्ता गराएका साझा प्रजातान्त्रिक समुहको सचिवालयले जनाएको छ । समावेशी प्यानलका उम्मेदवारहरु साउने झरीमा भिज्दै संघको कार्यालयमा पुगेका थिए । संघका पुर्व अध्यक्ष नन्दलाल बैश्यले चर्को नारासँगै संघको गेट प्रवेश गरेका उम्मेदवारलाई ताली बजाएर र्याली सहित स्वागत गरिएको थियो । र्यालीमा उम्मेदवार लगायत उपस्थित सबैजना भिजेका थिए । भिजेकै अवस्थामा समावेशी प्यानलका अध्यक्ष पदका उम्मेदवार धामीले साउने झरीले शुभ संकेत दिइसकेको छ, जित हाम्रो भयो भन्दै गरेको भाषणमा तालीका गडगडाहड बजे ।