जनसांस्कृतिक महासङ्घ नेपाल बाँकेको प्रथम अधिवेशनबाट गणेशा बिष्ट कार्कीको नेतृत्वमा १५ सदस्यीय समिति चयन 

  ।   २०८० श्रावण २०, शनिबार १६:२७

संवाददाता

नेपालगन्ज । जनसांस्कृतिक महासंघ नेपाल बाँके जिल्लाको प्रथम सम्मेलन सनिवार नेपालगन्ज स्थित महेन्द्र पुस्तकालयमा सम्पन भएको छ । सो सम्मेलनले अध्यक्ष पदमा गणेशा बिष्ट कार्की लगायतका १५ सदस्यीय जिल्ला कमिटी चयन गरिएको हो ।  नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका बाँके जिल्ला अध्यक्ष नरेन्द्र पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विभिन्न कलाकारहरुले गीत, गजल, कविता गाएर जन सन्देश दिएका छन् ।  प्रथम सम्मेलनबाट अध्यक्ष पदमा गणेशा बिष्ट कार्की, उपाध्यक्ष पदमा दुर्गा बहादुर भण्डारी, तारा कुमारी रोकाय, सचिव पदमा दीपेन्द्र के.सी, सहसचिव पदमा सीमा घर्ती, कोषाध्यक्ष पदमा चरित्रा शाह, सदस्यहरुमा हरेन्द्र बि.क., विष्णु कनोजिया, टंक बोहरा, रमिता बुढाथोकी, सुनिल बटाला, दिपेन्द्र आचार्य, अमर शाही, उपेन्द्र आचार्य, भरत बहादुर थापा सर्वसम्मत रुपले चयन गरिएको छ ।    साहित्यकार मणि आचार्यले सञ्चालन गरेको कार्यक्रममा माओवादी केन्द्रका बाँके जिल्ला अध्यक्ष नरेन्द्र पाण्डे जेम्स, डा. इन्द्र भण्डारी, डा. डक्ट प्रसाद धिताल, चरित्रा शाही, रतन बहादुर शाही लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

Next Post

मानवसेवा आश्रमको ११औं वार्षिक उत्सव भदौ ५ देखि १३ सम्म हुँदै

२०८० श्रावण २०, शनिबार १६:२७
सबिता चन्द  नेपालगन्ज । मानवसेवा आश्रमले आफ्नो ११औँ वार्षिकोत्सवका अवसरमा १३औँ ज्ञान हस्तान्तरण कार्यक्रम ´राष्ट्रका लागि युवा` आयोजना गर्ने भएको छ । आगामी भदौ ५ गते देखि १३ गतेसम्म गरिने सो कार्यक्रम आश्रमले आफ्नो शाखा कार्यालय बुटवलमा गर्ने भएको हो । युवाहरुमा सकारात्मक सोच, सिर्जनशिलता, रचनात्मकता, मानवीयता र सामाजिक भावनासहितको असल, […]

सम्बन्धित समाचार