मानवसेवा आश्रमको ११औं वार्षिक उत्सव भदौ ५ देखि १३ सम्म हुँदै

  ।   २०८० श्रावण २१, आईतवार १३:२२

सबिता चन्द 

नेपालगन्ज । मानवसेवा आश्रमले आफ्नो ११औँ वार्षिकोत्सवका अवसरमा १३औँ ज्ञान हस्तान्तरण कार्यक्रम ´राष्ट्रका लागि युवा` आयोजना गर्ने भएको छ । आगामी भदौ ५ गते देखि १३ गतेसम्म गरिने सो कार्यक्रम आश्रमले आफ्नो शाखा कार्यालय बुटवलमा गर्ने भएको हो ।

युवाहरुमा सकारात्मक सोच, सिर्जनशिलता, रचनात्मकता, मानवीयता र सामाजिक भावनासहितको असल, आत्मसंयमित, विवेकशिल र आत्मनिर्भर बनाउने उद्देश्यले ज्ञान हस्तान्तरण कार्यक्रमको आयोजना गर्न लागिएको आश्रमले तयार गरेको सूचनामा बताइएको छ । आफुलाई दृढ, आत्मविश्वासी, करुणावान, क्षमतावान बनाउन चाहने जो सुकैलाई पनि कार्यक्रममा सहभागी गराउने प्रावधान आश्रमले बनाएको छ । सो कार्यक्रममा कक्षा १२, स्नातक र स्नातकोतर परीक्षा दिइ बसेकालाई प्रथामिकता दिइने बताइएको छ ।यसपालिको कार्यक्रममा १ सय १ जना सहभागी गराउने लक्ष्य राखेको छ । आश्रमले सो कार्यक्रका लागि फारम भरेकाहरुलाई अन्य कार्यक्रममा पनि अवसर प्रदान गरिने बताएको छ ।कार्यक्रमका लागि १ हजार ५ सय ५ प्रतिफारम शुल्क लाग्नेछ भने फारम मानवसेवा आश्रमको सातै प्रदेशमा रहेका शाखा कार्यालय, मानवसेवा आश्रमको आधिकारिक वेबसाईट र फेसबुक पेजबाट पनि प्राप्त गर्न सकिने जनाइएको छ । बाँके र बर्दियाका ईच्छुक सहभागीहरुले कार्यक्रमको फारम नेपालगंज-१०, आदर्शनगर सुर्खेतरोडमा रहेको मानवसेवा आश्रामबाट पनि प्राप्त गर्न सकिने उल्लेख गरिएको छ । सहभागीलाई कार्यक्रममा खना बस्नको व्यवस्था आश्रमले नै गर्ने भएको छ ।

योग, ध्यान, प्रणायम, क्षमता विकास, व्यत्तित्व विकास, नेतृत्व विकास, बोल्नेकला, तनाव व्यवस्थापन, मातृत्व, राष्ट्र प्रेम र जीवन जिउने कला जस्ता जीवनउपयोगी विषयहरुमा प्रशिक्षण कार्यक्रम युवाहरूको लागि कोषेढुङ्गा सावित हुने आश्रमको ठहर छ ।देश विदेशमा ख्यातिप्राप्त प्रशिक्षकहरुबाट प्रशिक्षण गराईने सो जीवनउपयोगी कार्यक्रममा कर्मद्वारा समाजमा सकारात्मक परिवर्तन ल्याउन सफल व्यक्तिहरुबाट प्रशिक्षण गराईने मानव सेवा आश्रमले बताएको छ ।

Next Post

नेपाली दलहरुको आन्तरिक लोकतन्त्र विचौलिया,तस्कर र आसेपासको चुंगुलमा

२०८० श्रावण २१, आईतवार १३:२२
नरेन्द्र नाथ योगि आज भोलि सबै राजनैतिक दलहरुले आर्थिक विकास र समृद्धिको कुरा गदै मुलुकलाई समुद्धि तिर लैजाने आश्वासनहरु बाडि रहेका छन् भने अर्को तिर अर्थ तन्त्रलाई तहसनहस गराउने खाले भ्रष्टाचार,अनियमितता ,आर्थिक मन्दी र घोटाला बढाउने विभिन्न काण्डहरु गरेर ति नारा कै चरम उपहास यीनै दलहरुले गरि रहेका छन् । […]