नेपालगन्ज उद्योग बाणिज्य संघमा समावेशी प्यानलको बहुमत, कसले कति मत ल्याए ?

  ।   २०८० भाद्र ४, सोमबार १०:४५

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा उपाध्यक्ष पदमा तीनै जना र महासचिवमा समावेशी प्यानलका उम्मेदवार विजयी भएका छन् ।

समावेशी प्यानलबाट उम्मेदवार बनेका उपाध्यक्ष त्रय उद्योगतर्फ चिरञ्जीवी वली, वाणिज्यतर्फ हरिलाल न्यौपाने र महिलातर्फ मन्दिरा पाण्डे विजयी भएको बताइएको छ । त्यसैगरी महासचिवमा पनि समावेशीका भिम रानाभाट विजयी बनेको जनाइएको छ ।

वलीले २१०५, न्यौपानेले १७७६ र पाण्डेले १८७७ मत प्राप्त गर्नु भएको थियो । महासचिवमा रानाभाटले १९२६ मत प्राप्त गरी विजयी हुनु भएको हो ।

साझा प्रजातान्त्रिक प्यानलका उपाध्यक्ष उद्योगतर्फका उम्मेदवार सफिक बेहनाले १२३३, स्वतन्त्र उम्मेदवार दिपेन्द्र जोशीले ३१६ मत प्राप्त गर्नु भएको थियो । त्यसैगरी उपाध्यक्ष वाणिज्यतर्फ साझा प्रजातान्त्रिकका विष्णु श्रेष्ठले १४६७ र महिलातर्फ करिष्मा योगीले १४९४ मत प्राप्त गरी पराजित हुनु भएको थियो । त्यसैगरी महासचिवमा टंक प्रसाद शर्माले १९२० मत प्राप्त गरेको बताइएको छ ।

त्यसैगरी, उपमहासचिवमा साझा प्रजातान्त्रिक प्यानलका टेक बहादुर खड्का र कोषाध्यक्षमा मख्खन बहादुर धामी विजयी भएको निर्वाचन आयुक्तको कार्यालयले जनाएको छ ।

यसअघि अध्यक्षमा समावेशी प्यानलका टंकबहादुर धामी र १० सदस्यमध्ये ७ जना समावेशी र ३ जना साझा प्रजातान्त्रिकका सदस्यहरू विजयी बनिसक्नु भएको छ ।

त्यसैगरी एशोसियट सदस्यतर्फ समावेशी प्यानलबाट कमल कार्की र साझा प्रजातान्त्रिक प्यानलबाट प्रदिप कुमार गुप्ता विजयी हुनु भएको छ । बस्तुगत सदस्य तर्फ स्वतन्त्र उम्मेदवार किसन गुरुङ र साझा प्रजातान्त्रिक प्यानलबाट हिमनाथ पौडेल र विनय श्रेष्ठ निर्वाचित हुनु भएको हो । बस्तुगत तर्फ पौडेल र श्रेष्ठको बराबर मत आएपछि दुवैजनाले आधा आधा कार्यकाल बाड्ने बताइएको छ ।

Next Post

बर्दियाका बाढी पीडितलाई हाइजिन किट लगायत विभिन्न सामाग्री वितरण शुरु

२०८० भाद्र ४, सोमबार १०:४५
नेपालगन्ज । गएको साउन २७ देखि २९ गतेसम्म परेको अविरल वर्षाले गर्दा आएको बाढीबाट प्रभावित भएका बर्दिया जिल्लाका विभिन्न पालिकाका पिडित परिवारलाई हाइजिन किट लगायत विभिन्न सामाग्री वितरण शुरु गरिएको छ । युके एड स्टारफन्डको सहयोगमा प्लान नेपाल तथा बाँके युनेस्को क्लबको साझेदारीमा सञ्चालन गरिएको आपतकालिन प्रतिकार्य परियोजना अन्तर्गत सो […]