५ हजार २२५ जनाको पीसीआर परीक्षण गर्दा ४२६ जनामा कोरोना सङ्क्रमण

  ।   २०७७ पुष १७, शुक्रबार १८:१६

काठमाण्डौ । पछिल्लो २४ घण्टामा थप चार सय २६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार दुई सय २५ जनाको पीसीआर परीक्षण गर्दा चार सय २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या दुई लाख ६१ हजार १९ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा सात सय ४८ जना कोरोना सङ्क्रमणबाट निको भएसँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ५३ हजार एक सय सात जना पुगेको छ ।

अहिले नेपालमा कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या छ हजार ४८ जना रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा आठ जनाको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार आठ सय ६४ पुगेको मन्त्रालयले जनाएको छ ।

Next Post

पुर्व अध्यक्षहरुलाइ सम्मान

२०७७ पुष १७, शुक्रबार १८:१६
नेपालगन्ज-निजीक्षेत्रको छातासंगठन नेपालगन्ज उद्योग वाणिज्य संघले आफ्नो ५३ औं स्थापना दिवशको अवसरमा पूर्व अध्यक्ष एवं संरक्षकहरुलाई सम्मान गरेको छ । <span;>तीन दिनसम्म स्थापना दिवश मनाउने कार्यक्रम अन्र्तगत शुक्रवार पूर्व अध्यक्षहरु कन्हैयालाल टण्डन, अच्यूत प्रसाई, सतिश चन्द्र अग्रवाल, दामोदर आचार्य, सुनिल कुमार शर्मा, कृष्णप्रसाद श्रेष्ठ र निर्वतमान अध्यक्ष नन्दलाल बैश्यलाई सम्मानपत्र […]