नेपालगन्ज न्युरोड क्षेत्रमा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूह

  ।   २०८० श्रावण २४, बुधबार १८:४६
नेपालगञ्ज । नेपालगञ्ज उद्योग वाणिज्य संघको नेतृत्वका लागि उम्मेदवारी दिएको साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले न्यूरोडका मतदाताहरुसंग भेटघाट गरेको छ । प्रजातान्त्रिक समूहले बुधबार बिहान नेपालगञ्ज न्यूरोडका मतदाताहरुमाझ पुग्दै आफुलाई नेतृत्व गर्ने अवसर दिन आग्रह गरेको छ ।
अध्यक्ष पदका उम्मेदवार ललित कुमार रौनियारको नेतृत्वमा पुगेको उम्मेदवारहरुले मतदाताहरुसंग भेट्दै आफ्ना कुराहरु राखेको थियो । भेटघाटमा मतदाताहरुले प्रजातान्त्रिक समूहमाथि आशा राखेको दर्शाएका छन् । मतदाता सबैको सहभागिता, सबैको आवश्यकता र सबैलाई समान व्यवहार गर्न सक्ने नेतृत्व प्रजातान्त्रिक समूहका उम्मेदवार रहेको भन्दै आफुहरुको साथ सहयोग रहने जनाएका थिए ।
भेटघाटमा उम्मेदवारहरुले सबैको सहभागिता रहेको र सबै अट्न सक्ने आफुहरुको समूहलाई जिताउन समेत अनुरोध गरेका थिए । अध्यक्ष पदका उम्मेदवार रौनियारले मतदाताहरुमा आफनो समूहलाई मन पराईरहेको देखिएको बताउनुभयो ।
उद्योग वाणिज्य संघको यही भदौ २ गते नयाँ नेतृत्वका लागि निर्वाचन तय गरिएको छ । यस क्रममा नयाँ नेतृत्वका लागि प्रजातान्त्रिक समूह मतदाताहरुसंगको भेटघाटलाई तिब्र बनाएको छ

Next Post

नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : अध्यक्ष पदका उम्मेदवार टंक धामी को हुन् ?

२०८० श्रावण २४, बुधबार १८:४६
भनिन्छ “हुने बिरुवाको चिल्लो पात ” भन्ने नेपाली उखान हामी सबैलाई थाहा छदैछ । अधिकांशले गाउँ घरमा बाल्यकालमा देखिएको लक्षण हेरेर नै ब्यक्तिको भविष्यबारे आकंलन गर्ने गर्छन । धेरै जसो मानिसहरुले बाल्यकाल देखि नै लाइनमा लागेर भबिष्य सफल बनाएका पनि हुन्छन । आफ्नो चाहना अनुसार पेशा, ब्यबसाय देखि बिभिन्न क्षेत्रमा […]