सत्ता गठबन्धनलाई जिताउन एक ढिक्का भएर लाग्नुपर्नेमा जोड

  ।   २०७९ कार्तिक ६, आईतवार १८:३६

संवाददाता, गुलरिया

बर्दिया निर्वाचन क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन एक ढिक्का भएर लाग्नुपर्नेमा जोड् दिईएको छ ।

आज गुलरियामा योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) नेपाल नगरसमितिले आयोजना गरेको दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा सत्ता गठबन्धनका नेताहरुले यस्तो कुरामा जोड् दिएका हुन ।

सत्ता गठबन्धनले बर्दिया निर्वाचन क्षेत्र नम्बर १ मा पूर्व सिंचाईमन्त्री संजय कुमार गौतम र प्रदेश १ (ख) मा बारबर्दिया नगरपालिकाका पूर्व नगरउपप्रमुख अन्जु दहितलाई उम्मेदवार बनाएको छ ।

वाइसीएल नेपालका नगर समिति संयोजक धन बहादुर बिक (बिजय) को अध्यक्षतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा बर्दिया जिल्लाबाट प्रतिनिधित्व गर्ने लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा संञ्चारमन्त्री तिलकराम शर्मा (हिमाल), नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश उपाध्यक्ष दुर्गा बहादुर थारु (कबिर), नेपाली काग्रेंसका क्षेत्रिय सभापति विरु चौधरी, क्षेत्रिय उपसभापति बिनोद यादव, नेकपा माओवादी केन्द्र गुलरिया नगरअध्यक्ष गेहेन्द्र ढकाल, गुलरिया ९ का वडा अध्यक्ष हरी प्रसाद पासी, विद्यार्थी नेता रेशम अधिकारी लगायतका ब्यक्तित्वहरु सहभागी हुनुभएको थियो ।

 

Next Post

सञ्चारमाध्यमलाई दुरुपयोग हुनबाट जोगाऔँ : अध्यक्ष बस्नेत

२०७९ कार्तिक ६, आईतवार १८:३६
संवाददाता, काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले झुट समाचारको खेती चल्न सक्ने भन्दै त्यसतर्फ सजग र सतर्क रहन सम्बद्ध पक्षलाई आग्रह गर्नुभएको छ । ‘चुनावका बेला झन् फेक समाचारको कारखानै खुल्न सक्छ । झुटको खेती गर्दै समाचारहरु बनाइन सक्छन् । सञ्चारकर्मी र सञ्चारमाध्यम सचेत हुनुपर्छ,’ नयाँ अनलाइन माध्यमका लागि […]

सम्बन्धित समाचार