नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनले बाँकेबाट ३ जना निर्वाचित गर्‍यो

  ।   २०७८ पुष १९, सोमबार १०:३४

बाँके ।

नेकपा माओवादी केन्द्रको काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा सम्पन्न भएको आठौं महाधिवशेनले विभिन्न क्षेत्र क्लस्टरसहित पहिलो चरणमा २३६ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्दा बाँकेबाट तीन जना समेटिएका छन् । बाँकेबाट खुला र कलस्टरबाट ३ जना निर्वाचित भएका हुन् ।

महाधिवेशनबाट बाँकेका तीन जना निर्वाचित भएका छन् । खुलाबाट युवा तथा खेलकुद मन्त्री समेत रहनु भएका महेश्वरजंग गहतराज, प्रतिनिधी सभाका समानुपातिक सांसद पूर्णाकुमारी सुवेदी तथा थारु समुदायको कोटाबाट अञ्जना चौधरी केन्द्रिय सदस्यमा निर्वाचित हुनु भएको हो ।

कोहलपुर निवासी अथक बाँके क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभाका निर्वाचित सांसद हुनुहुन्छ । भने सुवेदी प्रतिनिधी सभाका समानुपातिक सांसद हुनुहुन्छ । कोहलपुर निवासी उहाँ संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिको जिम्मेवारीमा पनि हुनुहुन्छ ।

यसैगरी चौधरी संविधान सभा सदस्य हुनुहुन्थ्यो । नेपालगन्ज निवासी चौधरी २०७० सालमा माओबादीका तर्फबाट संविधान सभाको समानुपातिक सभासद हुनु भएको थियो ।

Next Post

मतदाता नामावली अध्यावधिक गर्नेहरुको निर्वाचन कार्यालयमा भीड

२०७८ पुष १९, सोमबार १०:३४
संवाददाता, नेपालगंज। जिल्ला निर्वाचन कार्यालय बाँकेमा केही दिन यता मतदाता नामावली अध्यावधिक गर्नेहरुको संख्या बढेको छ । निर्वाचन कार्यालयले विहान १० बजेदेखी साँझ ५ सम्मका लागी मतदाता नामावली दर्ता गर्ने समय तोकेको छ । भने मतदाता नामावली अध्यावधिकको लागी निवेदन दिने समय भने बिहान ११ बजेदेखी दिउँसो १ बजेसम्म तोकिएको […]