तिहारमा देउसी, भैलो खेल्न नपाईने

  ।   २०७७ कार्तिक २५, मंगलवार १५:१६

संवाददाता, बर्दिया
बर्दिया जिल्लामा पनि यसपटक तिहारमा देउसी, भैलो खेल्न नपाईने भएको छ ।

कोरोना भाइरसको जोखिम कायमै रहेकाले आफु रहेकै स्थानमा घरपरिवारका सदस्यहरु बीचमा मात्र तिहार, छठ मनाउन जिल्ला प्रशासन कार्यालय बर्दियाले सबैमा अपिल गरेको छ ।

आज बसेको जिल्ला सुरक्षा समितिको निर्णाय अनुसार कुनै सांस्कृतिक कार्यक्रम, सभा, सम्मेलन, खेलकुद तथा मेला महोत्सव जस्ता कार्यक्रम पनि आयोजना नगर्न भनिएको छ ।

तोकिएका कार्यहरु उल्लंघन गर्नेहरुलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारबाही गर्ने चेतावनी पनि प्रशासनले दिएको छ ।

Next Post

उपचारका लागी बाँकेमा आई मृत्यु भएका कोरोना संक्रमितहरुको संख्या ३४ जना पुग्यो

२०७७ कार्तिक २५, मंगलवार १५:१६
दैलेखको नारायण नगरपालिका वडा नम्बर २, निवासी ४४ बर्षिया महिलाको कोरोना संक्रमण पछि उपचारका क्रम मृत्यु भएको छ । उहाँलाई स्वास्थ्यमा समस्या देखिएपछि २४ गते नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरी कोरोनाको आशंकामा पीसीआर जाँच गरिएकोमा रिपोर्ट आज पोजेटिभ आएको हो । यो सगैं बाहिरी जिल्लाबाट उपचारका लागी […]