नियुक्त भएको तीन महिना नपुग्दै टिकटकका सिइओले दिए राजीनामा

  ।   २०७७ भाद्र ११, बिहीबार १६:२७

वासिङ्टन । चिनियाँ स्वामित्वमा रहेको सर्ट भिडिओ एप टिकटकका प्रमख कार्यकारी अधिकृत (सिइओ) केभिन मयेरले राजीनामा दिएका छन्।

एनबिसीन्युजका अनुसार पछिल्ला साताहरूमा देखिएको तीव्र राजनीतिक परिवर्तनका कारण आफूले राजीनामा दिएको मयेरले जनाएका छन्।

मयेर डिज्नी छोडेर गत जुन १ देखि टिकटकको सिइओ बनेका थिए।

चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटक पछिल्लो समय संसारभर युवा पुस्तामा लोकप्रिय भएको छ।

अमेरिका पनि यसको लोकप्रियता बढ्दो छ। लोकप्रियता बढेसँगै टिकटक अमेरिका र चीनबीचको राजनीतिक मुद्दा बनेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकले प्रयोगकर्ताहरूका विवरण बेइजिङको सरकारलाई बुझाउने दाबी गर्दै यो अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि खतरा भएको बताएका छन्।

उनले अमेरिकी कम्पनीहरूलाई टिकटकसँग कारोबार नगर्न ४५ दिने अल्टिमेटम दिएर कार्यकारी आदेशमा हस्ताक्षरसमेत गरिसकेका छन्। टिकटकले ९० दिनभित्र अमेरिकी कम्पनीलाई स्वामित्व हस्तान्तरण नगरे प्रतिबन्ध लगाउने ट्रम्पको घोषणा छ।

अमेरिका, क्यानडा, न्युजिल्याण्ड र अष्ट्रेलियामा चलाउन माइक्रोसफ्ट र ओराकल कम्पनी टिकटकको स्वामित्व किन्न चाहन्छन्। तर अहिलेसम्म उनीहरूबीच सम्झौता भइसकेको छैन। सेतोपाटी

Next Post

त्रिविले विद्यार्थीलाई भन्यो- तत्काल आफु अध्ययनरत क्याम्पस विभागमा सम्पर्क गर्नु

२०७७ भाद्र ११, बिहीबार १६:२७
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोरोना संक्रमणको कारण तितरवितर भएका आफ्ना विद्यार्थीलाई आफु अध्ययनरत क्याम्पस तथा विभागमा तत्काल सम्पर्क गर्न अनुरोध गरेको छ। लामो समयसम्म विद्यार्थी र क्याम्पस प्रशासनबीच सम्पर्क विच्छेद भएकोले विद्यार्थीलाई यस्तो अनुरोध गरिएको हो। कोरोनाको त्रास लामो समयसम्म रह्यो भने वैकल्पिक माध्यमबाट कसरी पढाइ सञ्चालन गर्दा पनि थुप्रै […]

सम्बन्धित समाचार